Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान


९ चैत्र ,वालिङ । धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

वालिङ नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय सङ्घ संस्था तथा स्थानीयवासीको सक्रियतामा सुरु भएको अभियान गत शनिबार १२ औँ हप्ता पूरा भयो । आँधीखोला हाम्रो सभ्यता र पहिचान भएकाले यसलाई जोगाइराख्नु दायित्व सम्झेर संरक्षण तथा सरसफाइ अभियान सञ्चालन गरिएको अगुवाइ गर्दै आएको आँधीखोला संरक्षण सरोकार मञ्चका संयोजक प्रकाश अर्याल बताउछन्‌ ।

पानीका मुहान तथा प्राकृतिक स्रोत साधनको दोहन हुन नदिनका लागि सचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश दिनका लागि अभियान थालेको उनले बताए। “हाम्रो सभ्यतासँग जोडिएको आँधीखोलामा ढल तथा फोहरमैला नफाल्नका लागि सकारात्मक सन्देश दिनका लागि खोलामै पुगेर सरसफाई गर्दै आएका छौँ”, उनले भने, “सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियानमा विस्तारै सहभागी थपिँदै छन्‌, “१२ औँ हप्ता सकियो, निरन्तर चल्नेछ ।”

सामाजिक सञ्जाल तथा स्थानीय रेडियो, पत्रपत्रिकाको माध्यमबाट सूचना प्रवाह गरी अभियानमा सहभागी बनाउने गरिएको छ । आँधीखोला सरसफाइ अभियान प्रभावकारी बन्दै अगाडि बढेको अर्याल दाबी गर्छन्‌ । वालिङमा जस्तै अन्य पालिकामा पनि संरक्षण र सरसफाइलाई अभियानकै रुपमा अगाडि बढाउनु आवश्यक छ । श्र

वणकुमारका अन्धाअन्धी मातापिताको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको सभ्यता पछिल्लो समय दूषित हुँदै जाँदा यसको महत्व सङ्कटतर्फ धकेलिएको छ । बढ्दो बजारीकरणसँगै खोलाको किनारमा रहेका बजार तथा बस्तीका ढल सिधै खोलामा मिसाउँदा पनि प्रदूषित हुने गरेको छ ।

बजारबाट निस्कने कुहिने, नकुहिने तथा सिसाजन्य फोहर खोला किनारमा स्थानीयले फालिदिने गरेका कारणले भने आँधीखोला प्रदूषित बन्दै गएको हो । पछिल्लो समय आँधीखोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्दा पनि यसको स्वरुप परिवर्तन हुन पुगेको छ ।

खोलामा ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्दा यहाँ पाइने स्थानीय जातका माछा लोप हुनुका साथै स्थानीय माझी जातिको पेसासमेत लोप भइसकेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकास्थित ‘अन्धाअन्धी दह’ बाट उत्पत्ति भएको आँधीखोला जिल्लाको मध्यभागबाट बहेको छ । आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका हुँदै कालीगण्डकी गाउँपालिकाको मिर्मिमा पुगेर कालीगण्डकीमा मिसिन्छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?