Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

कोलकाता र लखनउबिच घम्साघम्सी


काठमाडौँ, इन्डियन प्रिमियर लिग आईपीएल को १७औँ संस्करणमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिच खेलिने भएको छ । दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।

कोलकाता र लखनउबिचको खेल ईडेन गार्डेन्समा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यो कोलकाताको घरेलु मैदान हो । जारी आईपीएलमा कोलकाताको यो पाँचौँ खेल हो । यसअघि खेलिएको चारमध्ये तीन खेलमा कोलकाताले जित हात पारेको थियो ।
बाँकी एक खेलमा भने कोलकाता पराजित भएको थियो । कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । कोलकाताले सनराइजर्स हैदराबादलाई चार रनले, रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले र दिल्ली क्यापिटल्सलाई १०६ रनले हराएको थियो ।यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा लखनउ विजयी भएको थियो । बाँकी दुई खेलमा भने लखनउ पराजित भएको थियो । लखनउ ६ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो ।

लखनउले दोस्रो खेलमा पञ्जाब किङ्सलाई २१ रनले हराएको थियो । तेस्रो खेलमा लखनउले रोयल च्यालेन्जर्स बैगलुरुलाई २८ रनले पराजित गरेको थियो । चौथो खेलमा लखनउले गुजरात टाइटन्सलाई ३३ रनले हराको थियो । लखनउ आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्ससँग ६ विकेटले हारेको थियो।

 


प्रकाशित मिति: २ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?