Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम


४ चैत्र ,गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएको छ । गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख रोजिना मग्रातीले जानकारी दिएका छन्‌।

“सहकारी संस्थामा आबद्ध रहेका ४० जना किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने सिकाइएको हो”, उनले भने, “रासायनिक मलको अत्यधिक प्रयोग माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।”

प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले गाउँपालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिँदै आएको मग्रातीले बताए ।

गाउँपालिकाले ‘रासायनिक मललाई नियन्त्रण गरौ, जैविक र प्राङ्गारिक मलको प्रयोग गरौ स्वास्थ्य बनौँ’, भन्ने नारासहित वडावडामा पुगेर किसानलाई तालिम दिँदै आएको हो । चालु आर्थिक वर्षभित्रमा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम प्रदान गरिसकेको उनले जानकारी दिए।

सहभागीलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने गरिएकाले किसानका लागि तालिम प्रभावकारी भएको मग्रातीको भनाइ छ । रासायनिक मलको अभाव भोग्दै आएका किसान टोलटोलमा पुगेर गाउँपालिकाले प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएपछि खुसी भएका छन् ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?