Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम


४ चैत्र ,गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएको छ । गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख रोजिना मग्रातीले जानकारी दिएका छन्‌।

“सहकारी संस्थामा आबद्ध रहेका ४० जना किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने सिकाइएको हो”, उनले भने, “रासायनिक मलको अत्यधिक प्रयोग माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।”

प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले गाउँपालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिँदै आएको मग्रातीले बताए ।

गाउँपालिकाले ‘रासायनिक मललाई नियन्त्रण गरौ, जैविक र प्राङ्गारिक मलको प्रयोग गरौ स्वास्थ्य बनौँ’, भन्ने नारासहित वडावडामा पुगेर किसानलाई तालिम दिँदै आएको हो । चालु आर्थिक वर्षभित्रमा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम प्रदान गरिसकेको उनले जानकारी दिए।

सहभागीलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने गरिएकाले किसानका लागि तालिम प्रभावकारी भएको मग्रातीको भनाइ छ । रासायनिक मलको अभाव भोग्दै आएका किसान टोलटोलमा पुगेर गाउँपालिकाले प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएपछि खुसी भएका छन् ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?