Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

बहुगुणी तेजपत्ता !


सम्माेद आचार्य । तेजपात् हामि सबैले सुगन्धित मसलाका रूपमा चिनेजानेको चिज् हो। यो औषधीय गुणले पनि भरिपूर्ण छ। दालचिनिसित धेरैमिल्ने यो रुख दालचिनिभन्दा सजिलै हुर्कञ्छ र यो रुखको बोक्रा पनि कम् सुगन्धित् भएपनि दालचिनिको सट्टा प्रयोग गर्न सकिञ्छ। तमालपत्र वा पत्र मात्र पनि भनिने यो वृक्षको ल्याटिन नामको विशिष्ट जाति (species) बुझाउने Cinnamomum tamala पनि संस्कृतबाट नै बनेको छ।

यो विशेष गरि रुघा खोकी, पिनास,खानमा अरुचि, जिउ चिलाउने जस्ता समस्यामा लाभदायक छ । पात् छिप्पिएपछि छायामा सुकाएर मसलाको रूपमा अनि औषधिको रूपमा पानिमा १-२ वाटा ल्वाङ्, सुकुमेल् वा अलैची, दालचिनी, पिप्ला मरिच् आदि मिसाएर केहिबेरसम्म पकाएर खाने गर्नाले सासका सङ्क्रमणमा लाभ गर्नुका साथै सङ्क्रमणबाट बचाउन पनि सहयोग गर्छ। चूर्ण बनाएर पनि राख्न सकिञ्छ। धेरै आयुर्वेदीय औषधिमा पनि यो एउटा घटक्-का रूपमा प्रयोग गरिञ्छ।


प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?