Trending
>>   चार एसपी एसएसपीमा बढुवा >>   मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारबाही >>   आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,हिमाली भेगमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १४ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल >>   श्रीमान श्रीमतीबीच सुमधुर सम्बन्ध चाहनुहुन्छ ? अपनाउनुहोस यी प्रभावकारी उपाएहरु >>   काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन >>   एमालेमाथि भइरहेको हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्छः एमाले महासचिव पोखरेल >>   राजनीतिक दलहरु कहिल्यै स्वतन्त्र हुन सक्दैनः महामन्त्री शर्मा >>   जानकी मन्दिरमा विवाहपञ्चमीको तयारी अन्तिम चरणमा >>   सरकारले मैले गरेका राम्रा कामविरुद्ध तीर सोझ्याएको छः पुष्पकमल दाहाल
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

अवैध लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ


काठमाडौं। काठमाडौं महानगरपालिका–२६ स्थित होटल सनराईज इनबाट अवैध लागूऔषध खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु १ थान, नगद ८५ हजार रुपैयाँ र मोबाइल १ थानसहित भोजपुर आमचोक गाउँपालिका-९ दुम्माना ठेगाना भएका २३ वर्षीय भीम राज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने ४४ वर्षीय निर बहादुर गुरुङलाई अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ४५० मिलिग्राम र नगद १८ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय १५ मिलिग्रामसहित सोही नगरपालिका-३ झण्डीनगर बस्ने १९ वर्षीय इन्तेयाज अहमदलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी काठमाडौ महानगरपालिका-१५ चमतीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ८ सय ६१ ट्याब्लेट र नगद ८ हजार रुपैयाँसहित सिन्धुपाल्चोक साँगाचोक गाउँपालका- घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने २९ वर्षीय सरोज खड्का समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त जिल्ला प्रहरी परिसर काठमाडौँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, सिन्धुली, कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ४० मिलिग्रामसहित सुनसरी बराहा नगरपालिका-३ बस्ने २९ वर्षीय खगेन्द्र बुढाथोकीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले बा.७७ प ९७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक बुढाथोकीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ कलुवापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८१ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय नसिब राना र २२ वर्षीय विजय राना रहेका छन् । त्यस्तै, ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले नसिबको कोठाको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ तीन नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्रामसहित तेह्रथुम छतर गाउँपालिका-५ बस्ने ४६ वर्षीय नर्बदा लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ भने लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, झापा, बिर्तामोड नगरपालिका-३ बाट अवैध लगूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अजय राजवंशी र सोही नगरपालिका-४ बस्ने २२ वर्षीय कृष्णा कुमार थापा रहेका छन् भने प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?