Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गायिका राणालाई दीर्घसाधना सम्मान


काठमाडौं। विन्ध्यवासिनी फाउण्डेशनको १०औँ वार्षिक भेलाले ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०८०’ मा सम्मानित तथा पुरस्कृत हुने श्रष्टाको नाम अनुमोदन गरेको छ ।

शनिबार सम्पन्न भेलाले ‘विन्ध्यवासिनी सङ्गीत दीर्घसाधना सम्मान २०८०’ बाट गायिका मीरा राणालाई रु एक लाख राशिसहित सम्मान गर्ने निर्णय लिएको फाउण्डेशनकी अध्यक्ष लीना रेग्मीले जानकारी दिएकी छन्।

“सङ्गीतमा जीवन समर्पण गरेकाका र भविष्य देखेकालाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ हामीले यसको सुरुआत गरेका हौँ”, अध्यक्ष रेग्मीले भनिन् । उनका अनुसार ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान २०८०’ बाट सङ्गीतकार भूपेन्द्र रायमाझीलाई रु ५० हजारसहित र ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार शान्तिप्रियलाई रु २५ हजारसहित सम्मान गरिनेछ भने सो भेलाको निर्णयअनुसार सबै पुरस्कार आगामी चैत १ गते प्रदान गरिनेछ ।

उक्त फाउण्डेशनका सल्लाहकार तथा स्वर्गीय गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उहाँको नाममा स्थापित ‘प्रेमध्वज सङ्गीत रत्न सम्मान २०८०’ बाट रुपक डोटेल र स्वर्गीय गायक झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–सङ्गीत सम्मान २०८०’ बाट लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय उक्त भेलाले गरेको छ ।

उनी दुवैलाई जनही नगद राशि रु २५ हजारसहित सम्मान गरिने छ ।


प्रकाशित मिति: १४ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?