Trending
>>   महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने >>   उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली >>   आज काग तिहार, कागको पूजा आराधना गरिँदै >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

बिज्ञ भन्छन: नयाँ पीढीलाई इतिहाससँग जोड्नुपर्छ


काठमाडौं :‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’ कार्यक्रम सम्पन्न भएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३६ औं जन्मजयन्तीका उपलक्ष्यमा इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

आचार्यको जन्मजयन्तीमा आयोजीत प्रवचन कार्यक्रमलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले पानसमा दीप बालेर समुद्घाटन गरे ।

कार्यक्रमको सभाध्यक्ष सामाजिक शास्त्र विभाग प्रमुख डा कौशिला रिसालले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई रहेका थिए । अतिथिहरुमा उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा), पूर्वउपकुलपति डा. जगमान गुरुङ, पूर्वप्राज्ञपरिषद् सदस्य प्रा। दिनेशराज पन्त, प्रवचनकर्ताहरु प्राडा त्रिरत्न मानन्धर, नेपालका लागि चीनका पूर्वराजदूत एबम् इतिहाशसिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर आचार्य र प्रा.डा. सुरेन्द्र केसी थिए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्यहरु डा. मधुसुदन गिरी, डा कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपालीको आतिथ्यता रहेको थियो ।

यसैगरी प्राडा निरन्जन बस्नेत, इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मा आचार्य, संबिधानबिद डा भीमार्जुन आचार्य, उद्योगपति एबम् पूर्व साँसद कृष्ण प्रसाद आचार्य प्रतिवेदक डिल्ली रमण सुवेदी र प्रतिष्ठानका मानार्थ प्राज्ञ सदस्यहरु, आजीवन सदस्यहरु, प्राज्ञ सभाका सदस्यहरु, प्राज्ञ परिषद्का पूर्व पदाकिारीहरु, स्मृति प्रतिष्ठानका पदाधिकारीहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका अतिथिहरुलाई डा। धनप्रसाद सुवेदी स्वागत गरेका थिए । प्रतिष्ठानसँग सहकार्य गरेर इतिहासशिरोमणि बाबुराम आचार्यको जन्मजयन्ती मनाउन पाएकोमा उनले आभार व्यक्त गरे ।

नेपाली साहित्य र समालोचनाको क्षेत्रमा पनि आचार्यको ठूलो योगदान रहेको उहाँले उल्लेख गर्नुभयो । १९४८ बाट मोतिराम भट्टले सुरु गरेको समालोचनाको परम्परामा आचार्यको पनि योगदान रहेको उनले बताए । भानुभक्त अघि नै कविहरु थिए भन्ने भनिए पनि कोको थिए स्पष्ट पार्ने काम मोतिरामले गरेको उनले उल्लेख गरे । नेपाली साहित्यको इतिहास र समालोचना र यसका प्रवृत्तिहरुको उजागर गर्ने काम बाबुराम आचार्यले गर्नुभएको उनले बताए । आचार्यको योगदानको स्मरण गर्दै यसरी अन्तरक्रिया गर्नु आफैंमा महत्त्वपूर्ण रहेको उनले बताए।

बाबुराम आचार्य २०२० सालमा प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य बनेका थिए ।

कार्यक्रममा बोल्दै डा. जगमान गुरुङले नेपाल राष्ट्र र राष्ट्रियताका लागि धेरै लेख्नु वा बोल्नु नपर्ने बताए । एक आदर्श वाक्यले पनि मान्छेलाई महान बनाई दिन्छ । माधवप्रसाद घिमिरेले नेपाली हामी रहुँला कहाँ नेपालै नरहे जस्ता वाक्य लेखेरै महान भए । सत्यमोहन जोशीले राष्ट्रिय फूल गुराँस र इरानको राष्ट्रिय फुल गुलाबलाई जोडेर लेखेकैले सत्यमोहन हुनुभएको हो उनले भने ।

बाबुराम आचार्यले झ्यामोलुङ्मालाई सगरमाथा नामाकरण गरेकोले नै उहाँ महान हुनुभएको उनले उल्लेख गरे । लामाहरुले झ्यामोलुङ्मालाई बसिरहेकी चरी, लिम्बुले चोमो लुङ्मा चोमो अग्लो, लुङ ढुङ्गा अग्लो ढुङ्गा नाम रहेको उल्लेख गरे । संस्कृत र नेपालीमा त्यसको नाम नभएकोले बाबुरामले सगरमाथा वा झ्यामोलुङ्मा लेख लेखेर राष्ट्रको आवश्यकताको परिपूर्ति गरे । त्यसैले उहाँलाई इतिहासशिरोमणि उपाधि दिइएको उनको भनाई थियो ।

बाबुरामले पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी लेखेको र संशोधन मण्डलले पृथ्वीनारायण शाहका उपदेश पुस्तक प्रकाशित छ ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?