Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

जेनजी आन्दोलनले २१ मालपोतका अभिलेख जले, श्रेस्ता कायम गर्न ११ थरी कागजात पेस गर्नुपर्ने


काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका आगजनीका कारण देशभरका २१ मालपोत कार्यालयका अभिलेख जलेपछि जग्गाधनीहरूलाई श्रेस्ता कायम गर्न झन्झट व्यहोर्नुपर्ने भएको छ।

कलंकी, कास्की, भरतपुर, बाँके, घोराही, मोरङ, बुटवल, धनगढी, खैरहनीलगायत कार्यालयहरूले श्रेस्ता कायमका लागि ११ थरी कागजातसहित जग्गाधनी स्वयं उपस्थित हुन सूचना जारी गरेका छन्। उपस्थित जग्गा तथा घर धनीले नागरिकताको प्रतिलिपी, भोगाधिकार सिफारिस, तीन पुस्ते विवरण, स्थायी ठेगानाको प्रमाण, र सक्कल पुर्जासहितका कागजात पेश गर्नुपर्नेछ।

डिजिटल अभिलेख नभएका कार्यालयमा यो प्रक्रिया झनै जटिल हुने विभागको भनाइ छ।


प्रकाशित मिति: २३ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?