Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

विदेशमा रहेका नेपालीलेपनि मत हाल्ने व्यवस्था सुनिश्चित गर्न निर्वाचन आयोगसँग जेन-जी को माग


काठमाडौँ। विदेशमा रहेका मतदाताहरुलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका मुख्य माग राखि जेन—जी अभियन्ताहरुले निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर उनीहरुले विदेशमा रहेका मतदाताहरुलाई पनि निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोग पदाधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । रोजगारीको खोजीमा विदेशिन बाध्य मतदाताहरुलाई पनि निर्वाचनमा भाग लिने उनीहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाइएको जेन—जी अभियन्ता शिव यादवले बताए । उनले निर्वाचनको तयारीको बारेमा पनि आयोगसँग जानकरी लिइएको बताएका छन् ।

अभियन्ता यादवले भने, ‘हाम्रो देशमा रोजगारीको अभावका कारण धेरे युवा साथीहरु आफ्नो हातमुख जोडनका लागि भएपनि देश छोड्नका लागि बाध्य छन अहिले । ती साथीहरुलाई पनि अब आउँदै गरेको निर्वाचनमा हरेक नेपाली नागरिकलाई मत हाल्ने अधिकार नेपालको संविधानले नै व्यवस्था गरेको छ । धेरैजसो नेपाली नागरिक दाजुभाईहरु नेपालमा जागिर नपाईपछि वा कुनै कारणवश विदेशिन बाध्य छन् । उहाँहरुलाई पनि अब आउने निर्वाचनमा जेन—जी विद्रोहबाट जुन सरकार बन्यो । युवाहरुको विद्रोहबाट जुन सरकार बन्यो । अव आउने निर्वाचनमा विदेशमा भएका नेपाली नागरिकलाई पनि मतदानमा जसरी पनि सहभागि गराउनु पर्छ ।’

जेनजी अभियन्ताहरुले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोगलाई सचेत गराएका थिए । यता, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेको मतदाताहरुलाई आगामी निर्वाचनमा सहभागी गराउनका लागि आयोग लागि परेको बताएका छन् । उनले आयोगले त्यसका लागि सरकारसँग छलफल गरिरहेको पनि बताए । कार्यबहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले सबै मतदाताको अधिकार हनन हुन नदिन दत्तचित्त भएर काम गरिरहेको बताएका छन् ।

उनले भने, ‘यी विषयहरुमा आयोग असाध्यै सचेत छ । आयोगले आज भन्दा अढाई वर्ष अघि नै डेढ वर्ष अघि नै निर्वाचन व्यवस्थापन ऐन तर्जुमा गरेर अहिलेका ऐनले विदेशमा रहेका मतदाताहरुलाई समेट्न सकेन भनेर नयाँ ऐन दिनुस् भनेर ऐनको मस्यौदा गरेर हामीले गृह मन्त्रालयमा पठाईसकेका छौं । यहाँ निर्वाचन घोषणा भईसकेपछि गृह मन्त्रीले निर्वाचन आयोगमा नै आएर यो विदेशमा रहेका मतदाताहरुको मताधिकार सुनिश्चित गर्ने प्रयोजन र आयोगले आजैबाट पहल गर्नुपर्छ भनेर भन्नु भएपछि हामीले कानूनमा भएका कमी सुधार गरिदिनुस भनेका छौं । हामी दत्तचित्त भएर निष्ठापूर्वक विदेशमा रहेका मतदाताहरुको मताधिकार सुनिनिश्चित गर्छौं । उहाँहरुले मतदान गर्न पाउनुपर्छ । उहाँहरुलाई मतदानमा सामेल गराउन हामी लागि परेका छौं ।’

उनले निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदाताहरुलाई सहभागी गराउने संवैधानिक अधिकार कार्यान्वयनमा ल्याउने गरी ऐनको मस्यौदा सरकारलाई बुझाएको र सरकारले त्यो चाँडै सम्बोधन गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?