Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

साना हतियारको अवैध व्यापार र नियन्त्रणमा सरकार प्रतिबद्ध


काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च रहेको बताएका छन् ।

नेपाल सरकार र शान्ति एवं निःशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघको क्षेत्रीय कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि सुरु भएको तयारी बैठकमा बोल्दै उनले सबै प्रकारका हतियारको नियन्त्रणमा सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

त्यस्तै, साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रण गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौंथो पुनरावलोकनका लागि काठमाडौंमा सुरु भएको एसिया प्रशान्त क्षेत्रको तीनदिने तयारी बैठकमा उनले साना हतियारको अवैध व्यापार एवं प्रयोग नियन्त्रणका लागि मुलुकको आन्तरिक क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, निःशस्त्रीकरण मामिला हेर्ने संयुक्त राष्ट्रसंघकी उपमहासचिव इजुमी नाकामित्सुसँगै एसिया प्रशान्त क्षेत्रका २५ बढी मुलुकका प्रतिनिधिहरु सहभागी बैठकमा परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनैपनि सुरक्षा गठबन्धनको पक्षमा नहुने रहेको पनि दोहोर्‍याए भने बुद्धको जन्मस्थान, शान्ति भूमि नेपालमा निःशस्त्रीकरणका विषयमा आयोजित बैठकले विशेष अर्थ बोकेको उनको भनाई रहेको थियो ।

उनले भने, ‘साना हतियारको अवैध व्यापार र त्यस्ता हतियारको प्रयोग नियन्त्रणका लागि देशको आन्तरिक क्षमता बढाउनुपर्दछ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘यसका लागि क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सहयोग र समन्वयलाई पनि चुस्त बनाइनुपर्दछ । ’हतियारको अवैध व्यापार र प्रयोगसँगै अपराध र हिंसामा वृद्धि हुने, समाजमा शान्ति र अमनचयन खलबलिने तथा दिगो विकासको लक्ष्य प्राप्तिका प्रयासमा नकरात्मक प्रभाव पर्नजाने उनको भनाई रहेको थियो ।

 


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?