Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सङ्गीतकर्मीले दिए योगेश वैद्यलाई अन्तिम श्रद्धाञ्जली


काठमाडौं। बिहीबार निधन भएका गायक तथा सङ्गीतकार योगेश वैद्यलाई सङ्गीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

नेपाल सङ्गीतकार सङ्घले नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखेको थियो । वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, सङ्गीतकार चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायत थुप्रै सङ्गतिकर्मीले फूल माला समर्पण गर्दै वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत थुप्रै लोकप्रिय गति दिएका ७७ वर्षीय वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौंको सुनधारास्थित भ्याली अस्पतालमा निधन हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

उनले नेपाल भाषाका समेत धेरै गीत गाएका छन् ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?