Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

सङ्गीतकर्मीले दिए योगेश वैद्यलाई अन्तिम श्रद्धाञ्जली


काठमाडौं। बिहीबार निधन भएका गायक तथा सङ्गीतकार योगेश वैद्यलाई सङ्गीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

नेपाल सङ्गीतकार सङ्घले नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखेको थियो । वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, सङ्गीतकार चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायत थुप्रै सङ्गतिकर्मीले फूल माला समर्पण गर्दै वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत थुप्रै लोकप्रिय गति दिएका ७७ वर्षीय वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौंको सुनधारास्थित भ्याली अस्पतालमा निधन हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

उनले नेपाल भाषाका समेत धेरै गीत गाएका छन् ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?