Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

जलवायु परिवर्तनको असर न्यूनिकरणमा सार्कलाई क्रियाशील बनाउन राष्ट्रपतिको जोड


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको सो शिष्टाचार भेटवार्तामा राष्ट्रपति पौडेलले सार्कको मुख्य उद्येश्यसँगै अहिले देखापरेको जलवायु परिवर्तनका असरका कारण हिन्दकुश हिमालय पर्वत क्षेत्रमा हिमाल बचाउनुपर्ने र पानीको स्रोत जोगाउनुपर्ने नयाँ चुनौती थपिएको उल्लेख गर्दै यो चुनौती सामना गर्न सार्क क्रियाशील हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले यस क्षेत्रमा एक दशमलव नौ अर्व भन्दा बढी जनता बसोबास गर्ने भएकाले तीनको जनजीवन सहज तुल्याउन सार्क मुलुकहरुले साझा चुनौतीको रुपमा रहेको जलवायु परिवर्तन न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

उहाँले नेपाल सार्क वडापत्रमा अन्तरनिहित सिद्धान्त एवम् लक्ष्यप्रति सदैव प्रतिवद्ध रहँदै आएको तथा दक्षिण एशियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवम् सांस्कृतिक विकासलाई तिव्रता दिन सार्क प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

उहाँले अवरुद्ध सार्क शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुटने आशा पनि व्यक्त गर्नुभएको थियो । सार्क महासचिवले सरवारले जलवायु परिवर्तनको नयाँ चुनौती सामना गर्न सार्क सदस्यहरुबीच एक आपसमा सहयोग आदानाप्रदानका लागि सचिवालय क्रियाशील रहने उल्लेख गर्नुभएको थियो ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?