Trending
>>   मोवाइल फुड ल्याव भ्यानबाट दक्षिणकाली नगरपालिका क्षेत्रमा रहेका खाद्य पदार्थको अनुगमन >>   एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत >>   सार्वजनिक पर्खालका भित्तामा कलात्मक भित्ते चित्र (फोटो फिचर ) >>   फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए >>   बिना राउत र गायक रबिनको ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक >>   इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँः अध्यक्ष प्रचण्ड >>   ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबिच शिष्टाचार भेट >>   प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा >>   पुनहिलमा विद्युत् र खानेपानीको समस्या >>   रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
Logo
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षण गरिँदै


चितवन। जिल्लामा रहेको धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षणको काम सुरु गरिएको छ । भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको हो ।

मङ्गलबारदेखि माटो परीक्षणको काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए । उनका अनुसार जोनअन्तर्गत् आठ हजार ५४० हेक्टर जमिनमा धान खेती गरिएको थियो । यहाँको उत्पादन र उत्पादकत्व वृद्धि नभएपछि माटो परीक्षण गरिएको उनले जानकारी दिए ।

त्यस्तै, सूचना अधिकारी ढुङ्गानाका अनुसार गत वर्ष ३९ हजार ८८२ मेट्रिकटन धान उत्पादन भएको थियो । यो प्रतिहेक्टर पाँच दशमलब दुई मेट्रिकटन उत्पादकत्व हो । यसवर्ष पनि सोही अनुपातमा धान उत्पादन भएकाले माटो परीक्षण गरिएको उल्लेख गर्दै उनले भने “धान उत्पादन दस प्रतिशतले वृद्धि हुनुपर्ने हो, तर हुन सकेन । कारण पत्ता लगाउन माटो परीक्षण गरिएको हो ।”

त्यस्तै, जोन क्षेत्रमा रोगका किराको आक्रमण माटोका कारणले भएको हुनसक्ने देखिएपछि एक हजार ५० नमुना सङ्कलन गरेर परीक्षण सुरु गरिएको र जोनमा लगाइएको धानमा नेक व्लाष्ट (घाँटी मरुवा), सित ब्लाइट, कालोपोके र गबारोलाग्नेजस्ता समस्या देखापरेको थियो । यो समस्या माटोमा कुन तत्वको कमीले भएको हो भन्ने बिषयमा माटो परीक्षणबाटै जानकारी हुने उनले बताएका छन् । माटो परीक्षण गर्दा माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फसफोरस, पोटासको मात्रा कति छ र अम्लियपन वा छ्यारीयपन कति छ भन्ने पत्ता लगाइन्छ । उक्त जिल्लामा धान जोन सुरु भएको चार वर्ष भएको छ ।

अन्य दुई वर्षमा उत्पादन र उत्पादकत्व वृद्धि राम्रो भए पनि यस वर्ष हुन नसकेको उल्लेख गर्दै सूचना अधिकारी ढुङ्गानाले भने, “धान जोन क्षेत्रमा सुरुवाती वर्ष उत्पादकत्व तीन दशमलब छ मेट्रिकटन प्रतिहेक्टर थियो ।धान जोनका रुपमा पूर्बी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका बिशेष रहेका छन् । ती पालिकाको राजमार्गभन्दा दक्षिण क्षेत्रको माटो परीक्षण गरिएको हो । माटो परीक्षणको नतिजा आउन केही समय लाग्छ ।”


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?