Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति


शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार अपाङ्गता परिचयपत्र भएका आर्थिकरुपमा विपन्न परिवारका विद्यार्थीलाई माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

एनएलआर नामक गैरसरकारी संस्था र नगरपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नगरपालिकाका शिक्षा शाखाका नायव प्राविधिक सहायक दीपेन्द्र जोशीले बताउनुभयो । “नगरपालिकाको महिला तथा बालबालिका शाखामा छात्रवृत्तिका लागि निवेदन दिनका लागि सार्वजनिक सूचना आह्वान गरेका छौँ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भन्नुभयो, “निवेदनसँगै जन्मदर्ताको प्रमाणपत्र, अपाङ्गत परिचयपत्रको प्रतिलिपि, सम्बन्धित विद्यालयको सिफारिसपत्र, वडाका कार्यालयको सिफारिस पेश गरेका आधारमा छात्रवृत्ति प्रदान गरिने छ ।”

निवेदन दिनेको सङ्ख्या यकिन भइसकेपछि दमासाहीका हिसावले छात्रवृत्ति प्रदान गरिने छ । नगरपालिकामा रहेको माध्यमिक तह र उच्च माध्यमिक तहमा अपाङ्गता परिचय प्राप्त गरेका विद्यार्थीको सङ्ख्या १२ छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?