Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति


शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार अपाङ्गता परिचयपत्र भएका आर्थिकरुपमा विपन्न परिवारका विद्यार्थीलाई माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

एनएलआर नामक गैरसरकारी संस्था र नगरपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नगरपालिकाका शिक्षा शाखाका नायव प्राविधिक सहायक दीपेन्द्र जोशीले बताउनुभयो । “नगरपालिकाको महिला तथा बालबालिका शाखामा छात्रवृत्तिका लागि निवेदन दिनका लागि सार्वजनिक सूचना आह्वान गरेका छौँ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भन्नुभयो, “निवेदनसँगै जन्मदर्ताको प्रमाणपत्र, अपाङ्गत परिचयपत्रको प्रतिलिपि, सम्बन्धित विद्यालयको सिफारिसपत्र, वडाका कार्यालयको सिफारिस पेश गरेका आधारमा छात्रवृत्ति प्रदान गरिने छ ।”

निवेदन दिनेको सङ्ख्या यकिन भइसकेपछि दमासाहीका हिसावले छात्रवृत्ति प्रदान गरिने छ । नगरपालिकामा रहेको माध्यमिक तह र उच्च माध्यमिक तहमा अपाङ्गता परिचय प्राप्त गरेका विद्यार्थीको सङ्ख्या १२ छ ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?