Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव हुँदै


काठमाडौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संस्था ‘इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)’ले अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । महिला निर्देशकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यही मंसिर ९ गते महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको महोत्सवका निर्देशक सङ्गीता श्रेष्ठले जानकारी दिए । “चलचित्र क्षेत्रलाई आफ्नो रचनात्मक सिर्जनाबाट संसारभरि चिनाउन सक्ने सशक्त महिला निर्देशक हामी कहाँ छन्, तर सामाजिक दृष्टिकोण, कम प्राथमिकता र अवसर तथा प्रोत्साहनको कमीले यो क्षेत्रमा महिला निर्देशकको उपस्थिति कम देखिन्छ । यस्ता महोत्सव उनीहरूलाई उपयोगी हुनाका साथै अवसर हुन् सक्छन्”, उनले भने ।

त्यस्तै, आइर्वाटका नेपाल च्याप्टरका अध्यक्ष इच्छा गुरुङले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । नेपाल चलचित्र विकास बोर्डको सभा हलमा महोत्सव आयोजना गरिने छ भने सो महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकको सहभागिता जनाउने तथा नेपाललगायत विभिन्न देशका महिला निर्देशकले निर्देशन गरेका चलचित्र प्रदर्शन गर्ने छन् । महोत्सवमा नेपाली लघुचलचित्र प्रतिस्पर्धाका विजेतालाई ‘अवार्ड’ प्रदान गरिने छ ।

 


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?