Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पुष्प खेतीमा आकर्षित हुँदै किसान


बेदकोट,कञ्चनपुर। पुष्प खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान त्यसतर्फ आकर्षित भएका छन् । सरकारले प्लास्टिक माला प्रयोगमा प्रतिबन्ध गर्दा फूल आयातमा रोकिएपछि फुलको बिक्री बढ्ने भएपछि किसान त्यसतर्फ आकर्षित भएको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले बताए । “पुष्प खेती गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसबाट मुनाफा पनि राम्रै हुन्छ”, उनले भने, “थोरै लगानीमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिने भएको छ भने सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिक सहायक पदमा कार्यरत छन् । उनले भीमदत्त नगरपालिका– ३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर सात कट्ठा क्षेत्रफलमा फूलखेती गरेका छन् भने दुई वर्षयता व्यावसायिक पुष्पखेती रहेका उनले यसअघि भीमदत्तकै तिलकपुरमा फूलखेती गरेका थिए भने यसवर्ष दसैँतिहारमा विगतभन्दा फूल कम बिक्री भएको उनको भनाइ रहेको छ । “यसवर्ष फूल बिक्री गर्न निकै गाह्रो भयो, गतवर्ष मागअनुसार आपूर्ति गर्न सकिएको थिएन”, उनी भन्छन्, “तिहारको समय ढिलो भएकाले स्थानीय फूल छ्यापछ्याप्ती भएपछि सोचेअनुसार फूल बिक्री नभएको हो ।” उनका अनुसार चाडवाडको समयमा यसवर्ष महेन्द्रनगर क्षेत्रमा एक क्विन्टल फूल र तीन सयभन्दा बढी माला बिक्री भएका छन् ।

त्यसैगरी फूलको मूल्य प्रतिकेजी रु पाँच सय र मालाको रु एक सय तोकिएको थियो । फूल बिक्री गर्न हम्मेहम्मे परेपछि किसानले यसपटक सस्तोमै बिक्री गर्नुपरेको उनको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनी, कृष्णपुर र बेलौरीमा तुलनात्मक रुपमा अन्य ठाउँभन्दा बढी क्षेत्रफलमा पुष्प खेती गरिएको छ । त्यस्तै, कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यहाँ झण्डै दुई सय जनाले चार हेक्टरमा फूलखेती गरेका छन् । “एक कठ्ठादेखि सात कट्ठा क्षेत्रफलसम्म फूलखेती गरिएको छ भने विदेशी फूल ल्याउन नदिने प्रावधानपछि यहाँका किसानलाई फूल खेतीको चेतना जागेको छ”, उनले भने, “यसपटक तिहारमा बाहिरबाट फूल ल्याउन परेन, स्थानीयस्तरकै फूलले माग पूर्ति भएको छ ।” यहाँ सयपत्री, मखमली र कटफलावर प्रजातिका फूलको खेती बढी हुने गरेको उनले बताए । पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएपछि दसैँतिहार, विवाह, व्रतबन्ध, सभासमारोहमा प्रयोग हुने फूलमाला बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हटेको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?