Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

पुष्प खेतीमा आकर्षित हुँदै किसान


बेदकोट,कञ्चनपुर। पुष्प खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान त्यसतर्फ आकर्षित भएका छन् । सरकारले प्लास्टिक माला प्रयोगमा प्रतिबन्ध गर्दा फूल आयातमा रोकिएपछि फुलको बिक्री बढ्ने भएपछि किसान त्यसतर्फ आकर्षित भएको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले बताए । “पुष्प खेती गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसबाट मुनाफा पनि राम्रै हुन्छ”, उनले भने, “थोरै लगानीमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिने भएको छ भने सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिक सहायक पदमा कार्यरत छन् । उनले भीमदत्त नगरपालिका– ३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर सात कट्ठा क्षेत्रफलमा फूलखेती गरेका छन् भने दुई वर्षयता व्यावसायिक पुष्पखेती रहेका उनले यसअघि भीमदत्तकै तिलकपुरमा फूलखेती गरेका थिए भने यसवर्ष दसैँतिहारमा विगतभन्दा फूल कम बिक्री भएको उनको भनाइ रहेको छ । “यसवर्ष फूल बिक्री गर्न निकै गाह्रो भयो, गतवर्ष मागअनुसार आपूर्ति गर्न सकिएको थिएन”, उनी भन्छन्, “तिहारको समय ढिलो भएकाले स्थानीय फूल छ्यापछ्याप्ती भएपछि सोचेअनुसार फूल बिक्री नभएको हो ।” उनका अनुसार चाडवाडको समयमा यसवर्ष महेन्द्रनगर क्षेत्रमा एक क्विन्टल फूल र तीन सयभन्दा बढी माला बिक्री भएका छन् ।

त्यसैगरी फूलको मूल्य प्रतिकेजी रु पाँच सय र मालाको रु एक सय तोकिएको थियो । फूल बिक्री गर्न हम्मेहम्मे परेपछि किसानले यसपटक सस्तोमै बिक्री गर्नुपरेको उनको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनी, कृष्णपुर र बेलौरीमा तुलनात्मक रुपमा अन्य ठाउँभन्दा बढी क्षेत्रफलमा पुष्प खेती गरिएको छ । त्यस्तै, कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यहाँ झण्डै दुई सय जनाले चार हेक्टरमा फूलखेती गरेका छन् । “एक कठ्ठादेखि सात कट्ठा क्षेत्रफलसम्म फूलखेती गरिएको छ भने विदेशी फूल ल्याउन नदिने प्रावधानपछि यहाँका किसानलाई फूल खेतीको चेतना जागेको छ”, उनले भने, “यसपटक तिहारमा बाहिरबाट फूल ल्याउन परेन, स्थानीयस्तरकै फूलले माग पूर्ति भएको छ ।” यहाँ सयपत्री, मखमली र कटफलावर प्रजातिका फूलको खेती बढी हुने गरेको उनले बताए । पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएपछि दसैँतिहार, विवाह, व्रतबन्ध, सभासमारोहमा प्रयोग हुने फूलमाला बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हटेको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?