Trending
>>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

छात्रवृत्ति वितरण


गाउँ सेवा कोष तनहुँले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति वितरण गरेको छ । जिल्लाका ६५ विद्यालयका एक सय ९५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कोषका केन्द्रीय अध्यक्ष श्यामसुन्दर अधिकारीले जानकारी दिनुभयो । “शिक्षाबाट वञ्चित हुने अवस्थामा रहेका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति वितरण गर्दै आएका छौं”, उहाँले भन्नुभयो ।

सोही अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लाको सर्वोत्कृष्ट हुने छात्रातर्फ खैरेनी माध्यमिक विद्यालयका सुलोचना सुवेदी र छात्रतर्फ सत्यवती माविका सिद्धार्थ पण्डितलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । अध्यक्ष अधिकारीले कोषले ज्येष्ठ नागरिक सम्मानबाट ८८ वर्षीया यमकुमारी घिमिरे र ७८ वर्षीय कर्णराम शाहीलाई सम्मान गरिएको बताउनुभयो । भानुघाँसी सम्मान विधाबाट गायिका आशा विसिलाई सम्मान गरिएको कोषका सदस्य सचिव रामजी अधिकारीले जानकारी दिनुभयो । गतवर्ष पनि सो संस्थाले जिल्लाभरका विपन्न तथा जेहेन्दार विद्यार्थी र विभिन्न विधामा विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको व्यक्तिलाई सम्मान गर्दै आएको थियो । गतवर्ष रु छ लाख बराबरको सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य, गाउँ सेवा कोष तनहुँका अध्यक्ष सोमबहादुर थापा, डा ध्रुव अधिकारी, तुलसीशरण सिग्देल, रुद्रबहादुर थापा, परशुराम गिरी लगायतले कोषले विविध विधासहित सामाजिक क्षेत्रमा योगदान पु¥याएको चर्चा गर्नुभएको थियो । सोही अवसरमा कोषले कलेस्ती उपत्यका संरक्षण अभियानका संयोजक बाबुराम खनाललाई सम्मान गर्नुका साथै २९ बटुकको सामूहिक व्रतवन्धका लागि सहयोग समेत गरेको जनाइएको छ । कोषले हालसम्म करिब तीन सय विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकेको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?