Trending
>>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

छात्रवृत्ति वितरण


गाउँ सेवा कोष तनहुँले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति वितरण गरेको छ । जिल्लाका ६५ विद्यालयका एक सय ९५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कोषका केन्द्रीय अध्यक्ष श्यामसुन्दर अधिकारीले जानकारी दिनुभयो । “शिक्षाबाट वञ्चित हुने अवस्थामा रहेका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति वितरण गर्दै आएका छौं”, उहाँले भन्नुभयो ।

सोही अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लाको सर्वोत्कृष्ट हुने छात्रातर्फ खैरेनी माध्यमिक विद्यालयका सुलोचना सुवेदी र छात्रतर्फ सत्यवती माविका सिद्धार्थ पण्डितलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । अध्यक्ष अधिकारीले कोषले ज्येष्ठ नागरिक सम्मानबाट ८८ वर्षीया यमकुमारी घिमिरे र ७८ वर्षीय कर्णराम शाहीलाई सम्मान गरिएको बताउनुभयो । भानुघाँसी सम्मान विधाबाट गायिका आशा विसिलाई सम्मान गरिएको कोषका सदस्य सचिव रामजी अधिकारीले जानकारी दिनुभयो । गतवर्ष पनि सो संस्थाले जिल्लाभरका विपन्न तथा जेहेन्दार विद्यार्थी र विभिन्न विधामा विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको व्यक्तिलाई सम्मान गर्दै आएको थियो । गतवर्ष रु छ लाख बराबरको सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य, गाउँ सेवा कोष तनहुँका अध्यक्ष सोमबहादुर थापा, डा ध्रुव अधिकारी, तुलसीशरण सिग्देल, रुद्रबहादुर थापा, परशुराम गिरी लगायतले कोषले विविध विधासहित सामाजिक क्षेत्रमा योगदान पु¥याएको चर्चा गर्नुभएको थियो । सोही अवसरमा कोषले कलेस्ती उपत्यका संरक्षण अभियानका संयोजक बाबुराम खनाललाई सम्मान गर्नुका साथै २९ बटुकको सामूहिक व्रतवन्धका लागि सहयोग समेत गरेको जनाइएको छ । कोषले हालसम्म करिब तीन सय विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकेको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?