Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

नेविसंघले भूकम्पबाट अभिभावकविहीन बालबालिकाको शिक्षाको ग्यारेन्टी लिने


जाजरकोट। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भूकम्पप्रभावित क्षेत्रका २विद्यालयको पुननिर्माण गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावपत क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् । भूकम्पमा परि निधन भएकी नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुननिर्माण गर्ने शेर्पाले बताए ।

प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहार पछि नेविसंघले भेरी नगरपालिका स्थित ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय र नलगाड नगरपालिका ५ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । साथै नेविसंघले अभिभावकविहीन बालबालिकाहरूको पहिचान गरी उचित शिक्षाको पहल गर्ने र विद्यार्थीमा परेको मनोवैज्ञानिक असर हटाउन अभियान थाल्ने जनाएको छ । नेविसंघले रुकुम पश्चिम र जाजरकोट गरी ३९८ विद्यालय पूणर्रुपमा क्षतिग्रस्त भएको र ५० हजार भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको तथ्यांक रहेको छ।

नेविसंघ केन्द्रीय सदस्य नारायण पाण्डेका अनुसार पभावित क्षेत्रमा नेविसंघले १६ लाखको राहत सामग्री उपलब्ध गराएको छ । साथै सरकारको कोषमा ७ लाख रकम जम्मा गर्ने घोषणा गरेको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?