Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेविसंघले भूकम्पबाट अभिभावकविहीन बालबालिकाको शिक्षाको ग्यारेन्टी लिने


जाजरकोट। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भूकम्पप्रभावित क्षेत्रका २विद्यालयको पुननिर्माण गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावपत क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् । भूकम्पमा परि निधन भएकी नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुननिर्माण गर्ने शेर्पाले बताए ।

प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहार पछि नेविसंघले भेरी नगरपालिका स्थित ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय र नलगाड नगरपालिका ५ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । साथै नेविसंघले अभिभावकविहीन बालबालिकाहरूको पहिचान गरी उचित शिक्षाको पहल गर्ने र विद्यार्थीमा परेको मनोवैज्ञानिक असर हटाउन अभियान थाल्ने जनाएको छ । नेविसंघले रुकुम पश्चिम र जाजरकोट गरी ३९८ विद्यालय पूणर्रुपमा क्षतिग्रस्त भएको र ५० हजार भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको तथ्यांक रहेको छ।

नेविसंघ केन्द्रीय सदस्य नारायण पाण्डेका अनुसार पभावित क्षेत्रमा नेविसंघले १६ लाखको राहत सामग्री उपलब्ध गराएको छ । साथै सरकारको कोषमा ७ लाख रकम जम्मा गर्ने घोषणा गरेको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?