Trending
>>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण >>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

भेरी नगरपालिकामा भूकम्पबाट १४ विद्यालयको भवनमा पूर्ण क्षति


जाजरकोट। भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ । त्यस्तै आंशिक ७८ वटा विद्यालयका भवनमा क्षति पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख रहेको छ भने सचतालिस वटा कक्षाकोठा, नौ वटा शौचालय, चार वटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आंशिकमा ७८ वटा विद्यालय भवन, १७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौ वटा घेराबार, एउटा विज्ञान प्रयोगशाला, नौ वटा आइसिटि ल्याप, दुई वटा सोलार सिस्टममा समेत क्षति भएको नगरपालिकाको नगर शिक्षा शाखाले जनाएकोे छ । त्यसैगरी तीन शिक्षक र ३१ विद्यार्थी घाइते हुनुको साथै एघार विद्यार्थीको मृत्यु भएको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?