Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘तिमी मेराे’ लिएर आए सुचिन्दा र अमन


काठमाडाैं । अमन प्रधान र सुचिन्दा श्रेष्ठको आवाजमा ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएकाे छ।
भावसागर युट्युव च्यानलबाट सार्वजनिक भएकाे गीतमा गायक अमनले नै संगीत भरेका छन्। अमनले बाल्यअवस्थामै विभिन्न युरोपेली मुलुकहरूमा आयाेजित गायन प्रतिस्पर्धामा सहभागी भई चर्चा बटुलेका थिए।
प्रेमकथामा आधारित गीतकाे म्युजिक भिडियाेले युट्युव र टीकटकमा चर्चा बटुलिरहेकाे छ। भिडियोमा मोडल सन्जिब थेबे लिम्बू र गायिका सुचिन्दाले अभिनय गरेका छन्। मुलुकको समसामयिक अवस्थाले तीन वर्षदेखि बवदेशमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडियाेमा समेटिएकाे छ।
भिडियाे रोमान्टिक र संयाेगान्त सन्देशमुलक कथामा प्रस्तुत गर्न सफल भयेका छन्, चर्चित निर्देशक राजेशपुमा राई। शब्द वरिष्ठ गीतकार अम्बिका गुरुङले लेखेकी हुन्। वेष्टन पप जनरामा बनेकाे गीतको एरेन्ज/ मिक्स/ माष्टर राहुल प्रधानले गरेका छन्।
ताप्लेजुङकाे सिनाममा जन्मिइ हङकङ बस्दै आएका समाजसेवी वसन्त थेबेले भिडियोको निर्माण गरेका हुन्। भिडियाेमा अभिनय गरेका सन्जब हङकङमै एक होटेलमा सहायक म्यानेजर छन्। उनले नेपाली कथानक चलचित्र ‘शान्ति’मा अर्का नायक सुशील क्षेत्रीसँगै मुख्य भूकिकामा अभिनय गरिसकेका छन्।
गायीका सुचिन्दा एमबीए अध्ययनकाे क्रममा छिन्। उनले गाएकाे ‘एक चोटि आईदेउन’ गीतले पनि चर्चा बटुलेकाे थियाे। कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकि जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमाले यो भिडियोलाई पनि उत्कृष्ट बनाएका छन्।
“हाम्राे टिमले याे गीतमा धेरै मिहेनत गरेकाे छ। भिडियाे पनि उत्कृष्ट बनेकाे छ,” उनले भने, “सुरूआतमा दर्शकबाट पनि राम्राे प्रतिक्रिया पाइरहेकाे छु।”


प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?