Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

महोत्तरीका किसानलाई चाडपर्व र बाली थन्क्याउने चटारो सँगसँगै


महोत्तरी। मध्य कात्तिक कटेसँगै महोत्तरीका किसानलाई चटारो बढेको छ । खेतमा धान पाकेर खेत पहेँलपुर छ भने आलु, कोभी, भाण्टासहितका हिउँदे तरकारी, गहुँ, दलहन र उखु लगाउने बेला भएको छ । यसैबेला मुख्य चाडपर्व तिहार र छठको रमझम छ । यहाँका किसानलाई अहिले राष्ट्रिय महत्वका पारम्परिक चाडपर्वसँगै धान थन्क्याउने र हिउँदे बाली लगाउने चटारो सँगसँगै परेको छ । जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा अलि ढिलो पाक्ने धान लगाउने गरिन्छ । तर उत्तरी क्षेत्रमा हिउँदे बाली लगाउन पछि खेतबारी रुखिने हुँदा चाँडै (कात्तिकमा) पाक्ने धान लगाइने गरिन्छ । यसपालि कात्तिक दोस्रो साताभित्र दसैँ सकेका किसानलाई अन्तिम सातामा दिवाली र त्यसलगत्तै छठले छोप्दै छ । यसैबेला मुख्यबाली (धान) काट्ने, दाइँ गर्ने र थन्क्याउनु छ । हिउँदे आलु, कोभी र भाण्टासहितका तरकारी बाली लगाउन बेला बित्दैछ । धान काट्नासाथ गहुँ, दलहन (चना, मुसुरो, रहरिया, केराउ, तेलहन–तोरी, सस्र्यू, आलस) मसला (धनियाँ) र उखु रोपिनु छ । चाडवाडको रमझम र खेतीपातीको चटारो सँगसँगै पर्दा आफूहरूलाई अहिले भ्याइनभ्याई परेको किसान बताउँछन् ।

“मुखमा चाडवाड छन्, खेतमा वर्ष दिन खाने अन्न ९धान० पहेँलपुर भएर पाकेको छ, राम्ररी सास फेर्ने फुर्सद छैन”, भङ्गाहा–५ कर्पुरगन्जका रामजुलुम सर्दार भन्छन्, “सबैलाई पर्व लागेको हुँदा जनमजदुर (कृषि कार्यका श्रमिक) पनि पाइँदैनन्, घरका केटाकेटी चाडवाडकै रमाइलोमा छन्, अहिले धपेडी छ ।” तिहार र छठजस्ता मुख्य पर्वको मुखमा यहाँका किसानलाई धान काट्ने, झाँट्ने र थन्क्याउनेसँगै तोरी छर्ने बारीको खनजोत गर्न पनि भ्याइनभ्याई परेको सर्दार बताउछन् । जिल्लाको उत्तरी क्षेत्रमा अहिले हिउँदे बाली लगाउने ठीक बेला परेको छ । कात्तिक अन्तिम साताको प्रारम्भमा रोपिने उखु, त्यसै बेला छरिने गहुँ र त्यसअघि दलहन चना, मुसुरो र केराउसहितका फसल कात्तिकमै लगाइसक्नुपर्ने हुँदा अहिले खेतबारी जोतखन गर्ने बेला छ । त्यसैगरी कतिपय किसान दिवाली र छठलक्षित आम्दानी लिन उखु पेलेर सख्खर बनाउन थालेका छन् । यसैबेला पुस–माघमा उत्पादन लिइने आलु, कोभी, भाण्टासहितका तरकारी बाली लगाउन पनि बेला भड्किदो छ ।

पछिल्ला दुई–तीन दशकयता कृषि श्रमिक रोजगारीका लागि भारतको पञ्जाव र हरियाणा जाने क्रम बढेसँगै यहाँको खेतीपाती निकै अप्ठ्यारो बन्दै गएको किसान बताउँछन् । “अब जनमजदुर छैनन्, सबै मुग्लान (भारत) जान्छन्, खेतीपाती धान्न सकस छ”, गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मी महतो भन्छिन्न, “अब घरमा खेतीपातीका काम गर्नसक्ने परिवारजन हुनेले मात्र खेती धान्न सक्छन् ।” स्थायी सिँचाइको प्रबन्ध नहुँदा जिल्लाका ९० प्रतिशत खेतीयोग्य जग्गा आकाशे पानीको भरमा छ । यो समस्यासँगै बीउ, मलखाद र खेतीका बेला सुलभ ऋणसम्म पनि नपाउँदा किसान अब खेतीबाट विरक्तिँदै गएका छन् ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?