Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

असल संस्कार कक्षा सञ्चालन


१४ ,कात्तिक ,मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा बालबालिकामा असल संस्कार र नैतिक ज्ञान सिकाउनका लागि असल संस्कार कक्षा सञ्चालन गरिएको छ ।

पछिल्लो समयमा समाजमा विकृति र विसङ्गति बढ्दै गएको जनाउँदै बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले गैँडाकोट नगरपालिका–१ मा रहेको श्रीवैष्णव परिषद्को भवनमा कक्षा सञ्चालन गरिएको हो । असल संस्कार कक्षामा दैनिक जीवनमा आवश्यक हुने नैतिक ज्ञान र संस्कारका कुरा सिकाउने गरिएको छ ।

असल संस्कार कक्षाले नियमित असल दैनिकी बनाउन सहयोग गरेको अनुश्री पौडेलको भनाइ छ । “हरेक हप्ताको शनिबार साथीहरू एकै ठाउँमा भेला भई खेल्दै रमाउँदै दैनिक व्यवहारका उपयोगी संस्कार सिक्ने गरिएको छ”, उनले भनिन् ।

असर संस्कार कक्षामा ४० भन्दा बढी बालबालिका हरेक हप्ताको शनिबार उपस्थित भएर ज्ञानगुनका कुरा सिक्ने गरेका छन् । कक्षामा बालबालिकाको रुचिअनुसार प्रविधिको प्रयोगमार्फत असल संस्कार योग, ध्यान, प्राणायाम, व्यवहार कुशल सीप, आचरण सिकाउने गरिएको छ । उनीहरुले आफ्नो रुचिअनुसारका बालकथाका पुस्तक पनि पढ्ने गर्दछन् ।

किताबी ज्ञानभन्दा पनि व्यावहारिक असल संस्कारका कुरा छोराछोरीलाई सिकाउन पाउँदा अभिभावक पनि खुसी छन् । गैँडाकोट –१ की सुशीला रेग्मी छ वर्षकी छोरीसँगै आफू पनि असल संस्कार कक्षामा आउछिन् । कक्षामा सिकेका कुरा घरमा छोरीलाई अभ्यास गराउन उहाँलाई सजिलो भएको छ । ममी भन्ने छोरीले अहिले आमा भनेर बोलाउँदा सुशीला दङ्ग पर्छिन् ।

“उनीहरूले आफ्नो घरपरिवार, छरछिमेकमा कसरी बोल्ने, दैनिकी आचरणलगायतका कुरा हामीले सिकाउँदाभन्दा यहाँ धेरै सहज तरिकाले ग्रहण गरेको पाएका छौँ”, उनले भनिन्, “किताब र विद्यालय नसमेटिएको व्यावहारिक संस्कार सिक्न पाउँदा खुसी छौ ।”

सामाजिक परिवेशमा विकृति र विसङ्गति बढ्दै गएको समयमा बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले यसको सुरुआत गरिएको सहजकर्ता श्रीधर उपाध्यायले बताए । यहाँ बालबालिकाले दैनिक जीवनलाई कसरी सहज र सभ्य तरिकाले सञ्चालन गर्ने भन्ने कुरा सिक्ने गरेका छन् ।

“बालबालिकाले घरपरिवारदेखि अन्य मान्छेसँग कसरी मित्रवत् व्यवहार गर्ने, घरमा आएका पाहुनालाई कसरी सत्कार गर्ने यो सँगै बालबालिका अरु कसैको घरमा जाँदा उनीहरूले खोल्ने चप्पलदेखि भित्र गएर बस्नेसम्मका संस्कारयुक्त सीप धेरै आवश्यकता पर्छ, जुन अहिलेको विद्यालय शिक्षामा छुटिरहेका छन्, यसलाई हामीले पढाउनेभन्दा पनि व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले सिकाइरहेका छौँ”, उनले भने ।

श्रीमद्भागवत वाचिका यशोदा आमाजीले बालबालिकालाई असल संस्कार, नैतिक ज्ञान र सँगै भजनकीर्तन पनि सिकाउने गरेका छन् । असल संस्कार सिकाउन सके उनीहरूको आनीबानीमा सकारात्मक परिवर्तन ल्याउन सकिने उद्देश्यले बालमैत्री असल संस्कार कक्षा सञ्चालन गर्न थालिएको उनले बताए ।

“बालबालिका मोबाइलमा नै व्यस्त भइराख्ने गर्दा उनीहरूको शारीरिक, मानसिक विकास हुन नसकेको अनि समाजमा घुलमिल हुन नसकेको धेरै अभिभावकबाट गुनासो आउने गरेको थियो”, उनले भने, “हाम्रो संस्कार, सभ्यता, अनुशासन, मर्यादा के हो भन्ने कुरा नै नयाँ पुस्ताका बालबालिकामा हराउँदै गएको हुनाले यो एकदमै आवश्यक ठानेर यहाँ प्रारम्भ गरेका हौँ ।”


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?