काठमाडौ : युएइमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज हङकङसँग खेल्दैछ । नेपालले आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट शुरु हुनेछ ।
नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रवार सिंगापुरलाई र दोस्रो खेलमा शनिवार कुवेतलाई पराजित गरेको थियो ।हङकङ भने दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा युएइसँग पराजित भएको थियो ।
प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार