Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

प्रधानमन्त्री दाहाल चितवनमा


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उहाँ गृहजिल्ला चितवन आउनुभएको हो । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न यहाँ आउनुभएको हो ।

हीरक महोत्सवमा सहभागी भई उहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो । हालै गरिएको परीक्षणमा १०० अङ्कमा ९३.०५ अङ्क प्राप्त गरी दोस्रो भएको उहाँले बताउनुभयो । विसं २०२० जेठ ६ गते रात्रिकालीन विद्यालयबाट पठनपाठन सुरु गरेको यस विद्यालयमा हाल तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् ।

प्रधानमन्त्री दाहालले विद्यालयको हीरकद्वारको उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । दाहाल भरतपुर महानगरपालिका वडा नं १४ निवासी हुनुहुन्छ ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?