Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

भ्रष्टाचार नियन्त्रणको माग


सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध गरी लोकतन्त्रलाई सबल बन्न नदिएकाले भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपाल र यस संस्थासँग आबद्ध मुलुकभरका संस्थाको भेलाले नवगठित सरकारसँग भ्रष्टाचार नियन्त्रणको काम गर्न ध्यानाकर्षण गराएको छ ।

हालै सम्पन्न आम निर्वाचनमा भ्रष्टाचार विरोधी जनभावना सशक्तरुपमा जाहेर भएको र निर्वाचनपछि गठित नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण एवं सदाचार प्रवद्र्धनका निम्ति कार्य गर्नुपर्ने टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सरकारले देश र जनताको अपेक्षानुरुप भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखी सशक्त एवं प्रभावकारीरुपमा, स्पष्ट परिणाम देखिने गरी कार्य गरोस् भनी टिआइ नेपाल र सोसँग आबद्ध संस्थाको भेलाले माग गरेको पनि उहाँले राससलाई जानकारी दिनुभयो । भेलामा महिला जागरण सङ्घ इलाम, नागरिक सरोकार मञ्च मोरङ, सङ्कल्प समुदायमा आधारित पुनःस्थापना नेपाल सुनसरी, मानव अधिकार र वातावरण विकास केन्द्र नेपाल उदयपुर, मानव अधिकार सचेतन तथा विकास केन्द्र दोलखा, भ्रष्टाचारविरुद्ध अभियान चितवनको कार्यक्रममा सहभागिता थियो ।

यसैगरी सुशासनका लागि नागरिक समाज पोखरा, पारदर्शी नेपाल सिद्धार्थनगर रुपन्देही, पारदर्शी सरोकार समूह बुटवल, सुशासन अभियान गुल्मी, बागेश्वरी असल शासन क्लब नेपालगञ्ज, नागरिक सरोकार सङ्घ सुर्खेत, सदाचारका लागि सामाजिक पहल धनगढी, समाज कल्याण समाज दार्चुलाका प्रतिनिधिको भेलामा सहभागिता रहेको अध्यक्ष प्रधानाङ्गले बताउनुभयो ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?