Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भ्रष्टाचार नियन्त्रणको माग


सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध गरी लोकतन्त्रलाई सबल बन्न नदिएकाले भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपाल र यस संस्थासँग आबद्ध मुलुकभरका संस्थाको भेलाले नवगठित सरकारसँग भ्रष्टाचार नियन्त्रणको काम गर्न ध्यानाकर्षण गराएको छ ।

हालै सम्पन्न आम निर्वाचनमा भ्रष्टाचार विरोधी जनभावना सशक्तरुपमा जाहेर भएको र निर्वाचनपछि गठित नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण एवं सदाचार प्रवद्र्धनका निम्ति कार्य गर्नुपर्ने टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सरकारले देश र जनताको अपेक्षानुरुप भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखी सशक्त एवं प्रभावकारीरुपमा, स्पष्ट परिणाम देखिने गरी कार्य गरोस् भनी टिआइ नेपाल र सोसँग आबद्ध संस्थाको भेलाले माग गरेको पनि उहाँले राससलाई जानकारी दिनुभयो । भेलामा महिला जागरण सङ्घ इलाम, नागरिक सरोकार मञ्च मोरङ, सङ्कल्प समुदायमा आधारित पुनःस्थापना नेपाल सुनसरी, मानव अधिकार र वातावरण विकास केन्द्र नेपाल उदयपुर, मानव अधिकार सचेतन तथा विकास केन्द्र दोलखा, भ्रष्टाचारविरुद्ध अभियान चितवनको कार्यक्रममा सहभागिता थियो ।

यसैगरी सुशासनका लागि नागरिक समाज पोखरा, पारदर्शी नेपाल सिद्धार्थनगर रुपन्देही, पारदर्शी सरोकार समूह बुटवल, सुशासन अभियान गुल्मी, बागेश्वरी असल शासन क्लब नेपालगञ्ज, नागरिक सरोकार सङ्घ सुर्खेत, सदाचारका लागि सामाजिक पहल धनगढी, समाज कल्याण समाज दार्चुलाका प्रतिनिधिको भेलामा सहभागिता रहेको अध्यक्ष प्रधानाङ्गले बताउनुभयो ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?