Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

१९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको ड्रिम थ्री किङडम्समा नेपाल दुवै खेलमा पराजित


हान्झाउ । १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको ड्रिम थ्री किङडम्स २ डीटीकेमा नेपाल बुधबार दुवै खेलमा पराजित भएको छ । ड्रिम्स थ्री किङडम्स २ को समूह सी मा नेपाल कीर्गिस्तान र भियतनामसँग समान १-० ले पराजित भयो । इस्पोर्ट्समा नेपालले यसपटक ५ फरक इभेन्टसमा २३ खेलाडीलाई एसियाडमा ल्याएको थियो । जसमा फिफा अनलाइनमा फोरमा समिर गुरुङ पराजित भइसकेका छन् भने एरिना अफ भेलोर एओभी एसियन गेम्स भर्सनमा पनि नेपाल पराजित भइसकेको छ । अब नेपालले पिस एलिट एसियन गेम्स भर्सन पब्जी मोबाइल र डोटा २ मा प्रतिस्पर्धा गर्न बाँकी छ । डोटा मा नेपालले सिधै क्वाटरफाइनल खेल्नेछ ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?