Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

सिंहदरवार रेक्ट्रोफिटको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन


७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्ट्रोफिट भइरहेको सिंहदरवारको पश्चिम खण्डको काम छिटो सम्पन्न निर्देशन दिनुभएको छ । आज रेक्ट्रोफिट भइरहेको भवनकाे स्थलगत अनुगमन गर्दै उहाँले छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भुकम्पले क्षति पुर्याएको सिंहदरवालाई रेक्ट्रोफिट गरेर पुनः पुरानै अवस्थामा पुननिर्माण गर्नु सुखद भएको बताउनुभयो । काम सन्तोषजक ढंगले अघि बढेको छ, अब वाँकी काम पनि तत्काल सम्पन्न गर्नुहोस, उहाँले भन्नुभयो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन र निर्माणमा संलग्न शर्मा न्यू टेक्निकल जेभीका प्रतिनिधिसँग छलफल गर्दै उहाँले पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडी एनिमेशनको अवलोकन पनि गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सलग्न सबैलाई धन्यवाद दिनुभएको थियो । शहरी विकास मन्त्री सीता गुरुडले रेक्ट्रोफिटको काम सम्पन्न हुने चरणमा पुगेको बताउदै इन्टेरियरको काम पनि अघि बढाउने गरी काम भइरहेको बताउनुभयो । उहाँले पुननिर्माण भइरहेको पश्चिम खण्डमा प्रधानमन्त्री र मुख्यसचिवको कार्यकक्ष रहने गरी गृहकार्य गरिएको बताउनुभयो ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनले सिंहदरवार पश्चिम खण्डको रेक्ट्रोफिटको काम गरिरहेको छ । २०७६ सालबाट सुरु भएको रेक्ट्रोफिटको काम हाल ९५ प्रतिशत सम्पन्न भएको छ । करिब ४२ करोड लगानीमा पश्चिम खण्डको रेक्ट्रोफिटको काम भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा पश्चिम खण्डको रेक्ट्रोफिटको काम र बाँकी कामको विषयमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका निर्देशक कोषनाथ अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको थियो । आयोजनाले रेक्ट्रोफिटकोे काम सम्पन्न गरेर इन्टिरियरको ठेक्का पनि तत्काल लगाउने प्रक्रिया अघि बढाएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी खण्डमा रहेको पोखरी र पार्क सौन्दर्यकरणको काम पनि अगाडि बढाउन लागिएको जानकारी गराउनुभयो ।=


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?