Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

सिंहदरवार रेक्ट्रोफिटको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन


७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्ट्रोफिट भइरहेको सिंहदरवारको पश्चिम खण्डको काम छिटो सम्पन्न निर्देशन दिनुभएको छ । आज रेक्ट्रोफिट भइरहेको भवनकाे स्थलगत अनुगमन गर्दै उहाँले छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भुकम्पले क्षति पुर्याएको सिंहदरवालाई रेक्ट्रोफिट गरेर पुनः पुरानै अवस्थामा पुननिर्माण गर्नु सुखद भएको बताउनुभयो । काम सन्तोषजक ढंगले अघि बढेको छ, अब वाँकी काम पनि तत्काल सम्पन्न गर्नुहोस, उहाँले भन्नुभयो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन र निर्माणमा संलग्न शर्मा न्यू टेक्निकल जेभीका प्रतिनिधिसँग छलफल गर्दै उहाँले पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडी एनिमेशनको अवलोकन पनि गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सलग्न सबैलाई धन्यवाद दिनुभएको थियो । शहरी विकास मन्त्री सीता गुरुडले रेक्ट्रोफिटको काम सम्पन्न हुने चरणमा पुगेको बताउदै इन्टेरियरको काम पनि अघि बढाउने गरी काम भइरहेको बताउनुभयो । उहाँले पुननिर्माण भइरहेको पश्चिम खण्डमा प्रधानमन्त्री र मुख्यसचिवको कार्यकक्ष रहने गरी गृहकार्य गरिएको बताउनुभयो ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनले सिंहदरवार पश्चिम खण्डको रेक्ट्रोफिटको काम गरिरहेको छ । २०७६ सालबाट सुरु भएको रेक्ट्रोफिटको काम हाल ९५ प्रतिशत सम्पन्न भएको छ । करिब ४२ करोड लगानीमा पश्चिम खण्डको रेक्ट्रोफिटको काम भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा पश्चिम खण्डको रेक्ट्रोफिटको काम र बाँकी कामको विषयमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका निर्देशक कोषनाथ अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको थियो । आयोजनाले रेक्ट्रोफिटकोे काम सम्पन्न गरेर इन्टिरियरको ठेक्का पनि तत्काल लगाउने प्रक्रिया अघि बढाएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी खण्डमा रहेको पोखरी र पार्क सौन्दर्यकरणको काम पनि अगाडि बढाउन लागिएको जानकारी गराउनुभयो ।=


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?