Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

वरिष्ठ समाजसेवी रामचन्द्र साहको निधन


१ भदाै, जनकपुर । वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । जनकपुरधाम निर्माण तथा यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि अर्बौ रकम बराबरको जग्गा, जिन्सी र नगद गरी योगदान पुर्‍याएका उनि रामसागर रामस्वरुप परिवारको ज्येष्ठ सदस्य थिए । विसं १९८५ रामनवमीका दिन जन्मिएका  उनि राराब क्याम्पस र सरस्वती माध्यामिक संस्थापक पनि थिए ।

साहलाई श्रद्धाञ्जली दिन उनका जेठा छोरा ताराचन्द्र साहको मुजेलियास्थित निवासमा यहाँका ज्येष्ठ सदस्य, राजनीतिज्ञ, पत्रकार, समाजसेवीलगायतका मानुभाव पुगेका छन् । साहका माइला छोरा ई प्रकाशचन्द्र साह र कान्छा छोरा सुभाषचन्द्र साह पनि साथमै छन् ।

स्थानीय रामनगिना राउतले समाजसेवी साहको निधनले जनकपुरधामलाई ठूलो क्षति पुगेको भनाइ राखे । समाजलाई विभिन्न माध्यमबाट पुर्‍याएका साहको योगदानको उचित मूल्याङ्कन गरी राज्यले सम्मान गर्नुपर्ने उनले धारणा राखे ।

श्रद्धाञ्जली अर्पणका लागि पुगेका जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख लालकिशोर साहले स्व साहले आधुनिक जनकपुरधामको जग बसाउने काम गर्नुभएको स्मरण गरे । जनकपुरधामलाई शिक्षाको केन्द्रका रुपमा स्थापित गर्न पनि स्वर्गीय साहले विशेष योगदान दिएको पूर्वप्रमुख साहको भनाइ छ ।

स्व साहका भतिजा समेत रहनुभएका धर्मसंस्था रामस्वरुप साह, रामसागर साह मिल्स एरिया जनकपुरधामका उपसभापति प्रभाकरप्रसाद साहले काका साहासिक व्यक्ति भएको बताए । “काकाले देखाउनुभएको हिम्मत र समाजसेवाप्रतिको लगनशिलता सबैका लागि प्रेरणाको स्रोत पनि हो, हामी सबैले अनुसरण गर्नेछौँ”, उनले भने । स्वर्गीय साहको पार्थीव शरीरलाई आजै बेलुका रत्नसागर सरोवरस्थित स्वर्गद्वारीमा दाहसंस्कार गरिने भतिज विद्याकर साहले जानकारी दिए ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?