Trending
>>   भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ >>   सरकारले भ्रष्टाचार गर्न टेण्डर पाए जस्तो व्यवहार गरिरहेको छः अध्यक्ष लिङदेन >>   सांसद साहको टिप्पणीः देवता भेट्न बरु सहज हुन्छ होला, परराष्ट्रमन्त्री भेटिनुभएन >>   सर्वोच्चमा विचारधिन जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिमा छलफल, सांसदको आपत्ति >>   मधेसमा पानी नभए घर छोड्दा समेत सरकार जिम्मेवार भएनः सांसद कंशाकार >>   जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिले भन्यो–प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनू >>   नायव महान्यायाधिवक्ता घिमिरेको स्वेच्छिक अवकाश स्वीकृत >>   सांसद मोदीको प्रश्नः मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रो पावर बनाउने जिम्मा कसरी दिइयो ? >>   पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली >>   पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

आज मिति २०८० साल श्रावण २३ गते मंगलबार, हेर्नुहोस आजको राशिफल


आज मिति २०८० साल श्रावण २३ गते मंगलबार ( Aug 8 2023 ) सप्तमी, अधिक श्रावण कृष्णपक्ष

नेपाल सम्बत -११४३
सुर्योदय बिहान – ०५:३१ बजे
सुर्यास्त साझ – १८:४६ बजे
नक्षत्र : अश्विनी ०७:१७ बजेसम्म, त्यसपछी भरणी
योग : गण्ड २२:५५ बजेसम्म, त्यसपछी वृद्धि
करण : वव ०९:३३ बजेसम्म, त्यसपछी वालव २०:५७ बजेसम्म, त्यसपछी कौलव

मेष – मेष राशि भएका जातको लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ। व्यापार ब्यबसायबाट पनि अर्थ लाभ हुनेछ। दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला।

वृष – आजको दिन अध्ययन अनुसन्धानमा रुचि र मनमा हर्ष छाउने छ। कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्ने छ। यात्रा चाहिँ कष्टकर हुनेछ। त्यसो त यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्राको शुरुवात गर्नुहोला। आजको दिन तपाईको आम्दानीको स्रोत बढ्ने छ। चन्द्रमाको साथ रहेको छ। सूर्योदयको दर्शन गर्नुहोला।

मिथुन – मिथुन राशिका जातका लागि आजको दिन निकै शुभ रहेको छ। ब्यापार ब्याबसायमा रहेका साझेदारसँग फाइदा हुनेछ। आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाइँले गर्ने काममा सफलता मिल्नेछ। कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला।

कर्कट – आज तपाईले आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ। विगतमा तपाईप्रति विरोध गर्नेले तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन्। आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुने काम नगर्नु नै उत्तम हुनेछ।

सिंह – सिंह राशिका जातकहरुले आजको दिन मौन रहनु हित हुनेछ। घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला। अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ। तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई दुःख र धोका हुनसक्छ। आजको दिन विहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले तपाईलाई उर्जा मिल्नेछ।

कन्या – परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ। मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान मिल्न सक्छ। तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ। आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ। कुमारी कन्यालाई भोजन र बस्त्र दान दिनुभयो भने शुभ हुनेछ।

तुला – आजको दिन त्यति अनुकुल देखिदैन। अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ। त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला।

वृश्चिक – ब्यापार व्यवसायबाट लाभ हुने देखिन्छ। स्त्रीबाट साथ सहयोग मिल्ने छ। आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्य योजना बन्नेछन्। सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ। परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला।

धनु – तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा प्राप्त हुनेछ। मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। ब्यापार ब्यबसायमा तपाईको आजको सफलता मिल्नेछ। आर्थिक कारोबार लाभ भन्दा बढी हानी हुनेछ।

मकर – मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ। चन्द्रमाको साथ रहेको छ। मकर राशिका जातकले हरेक मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुँदै जानेछ। आजको दिन सूर्योदयको दर्शन र जलअभिषेक गर्दा मनमा उर्जा थपिने छ।

कुम्भ – तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ। आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ। आर्थिक कारोबारमा समस्या हुनसक्छ। त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ। दाम्पत्यजीवनमा खुसियाली छाउनेछ।

मीन – विहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ। अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ। आफ्नो काममा ध्यान दिएर योजनाबद्ध ढंगले काम गर्नुपर्ने छ। विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस्। शुभदिन ।।

 


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?