Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कांग्रेसले तीनै तहका सरकारलाई जिम्मेवार बनाउन खोजेको छ : नैनसिंह महर


२२ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत धनुषामा खटिएका नेता महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाएका हुन्। जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले गठबन्धनको साझा अवधारणाअनुरूप जनताको पक्षमा सरकारले काम नगरेको भन्दै आपत्ति जनाए।

सुन तस्करी प्रकरणमा सरकारले भेदभावपूर्ण छानबिन गरिरहेको उनको भनाइ थियो। ‘सुन तस्करी प्रकरणमा सरकारप्रति जनताले प्रश्न उठाइरहेका छन्। कुनै फरक संयन्त्रबाट अनुसन्धान गर्नु परे त्यो पनि गरौं। निर्दोष फस्नु हुँदैन। दोषि उम्किनु हुँदैन,’ उनले भने।

सरकार जनताका जनजिवीकाका सवालमा पनि गम्भीर नदेखिएको उनको भनाइ थियो। ‘देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीले किसान थप मारमा परेका छन्। सरकार यी समस्याहरू समाधान गर्न पहल त गरिरहेका छैनन्, त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ। यसले जनतामा सरकारप्रति अविश्वास बढ्दो छ,’ उनले भने।

सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दवाब दिनु आवश्यक रहेको महरको भनाइ छ। तीनै तहका सरकारलाई जवाफदेही बनाउनु पनि कांग्रेसको १० दिने अभियानको उद्देश्य रहेको उनले प्रस्ट पारे।

फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताए।

‘पार्टीका सबै संयन्त्र विधान अनुसार चलेका छन् कि छैनन्? वडादेखि माथिसम्मका कमिटी फूलफिल छन् कि छैनन्? आन्दरिक तिक्तता छ कि छैन? स्थानीयदेखि तीनै तहका सरकार जनताप्रति उत्तरदायी छन् कि छैनन्? जस्तै सबै कुराको अध्ययन गरेर कमी कमजोरि भेटिए सुधार गर्न पहल गर्ने आन्तरिक विशेष अभियानको उद्देश्य हो,’ उनले भने।

चुनावका बेला पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख भएका कुरा कार्यान्वयन भएको छकि छैन भन्ने विषयमा पनि आफ्ना जनप्रतिनिधसँग छलफल गरी समीक्षा गरिने उनले बताए। महर अभियानका लागि धनुषामा खटिएका छन्।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?