Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

माधव नेपालको सचिवालयले भन्यो -अदालतको फैसलाबारे जानकार हुनुहुन्छ,१ भदौमा स्वदेश फर्कनुहुन्छ


२२ श्रावण, काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सर्वोच्च अदालतको फैसलाबारे जानकार रहेको सचिवालयले जनाएको छ । बालुवाटार जग्गा प्रकरणमा नेपाल समेतलाई छानबीनको दायरामा ल्याउन अदालतले आदेश गरेको भोलिपल्टै विदेश प्रश्थान गरेको भन्दै टिकाटिप्णी भएपछि सचिवालयले विज्ञप्ति जारी गरेर स्पष्ट पारेको हो । उनी १ भदौमा स्वदेश फर्कने सचिवालयले जनाएको छ ।

नेपाल प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन टर्किस एअरको विमानद्वारा आज विहान ७ः३० बजे इस्तानवुल हॅुदै जेनेभा प्रस्थान गरेका हुन् । ‘सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहॅा जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा उहॅाको दृढ मान्यता रहेको छ। उहॅा भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ,’नीजि सचिवालयले भनेको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?