Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

माधव नेपालको सचिवालयले भन्यो -अदालतको फैसलाबारे जानकार हुनुहुन्छ,१ भदौमा स्वदेश फर्कनुहुन्छ


२२ श्रावण, काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सर्वोच्च अदालतको फैसलाबारे जानकार रहेको सचिवालयले जनाएको छ । बालुवाटार जग्गा प्रकरणमा नेपाल समेतलाई छानबीनको दायरामा ल्याउन अदालतले आदेश गरेको भोलिपल्टै विदेश प्रश्थान गरेको भन्दै टिकाटिप्णी भएपछि सचिवालयले विज्ञप्ति जारी गरेर स्पष्ट पारेको हो । उनी १ भदौमा स्वदेश फर्कने सचिवालयले जनाएको छ ।

नेपाल प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन टर्किस एअरको विमानद्वारा आज विहान ७ः३० बजे इस्तानवुल हॅुदै जेनेभा प्रस्थान गरेका हुन् । ‘सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहॅा जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा उहॅाको दृढ मान्यता रहेको छ। उहॅा भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ,’नीजि सचिवालयले भनेको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?