Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कोरोनाको चर्चा छैन तर, संक्रमण रोकिएको छैनः अझै आईसीयूमा भर्ना भहरहन्छन् संक्रमित


१८ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले साउन २१ गतेदेखि ९ वटा वडामा कोविड १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । यी वडामा आएको नतिजाका आधारमा थप कार्यक्रम तर्जुमा हुनेछ । यसका लागि आज टेकुमा रहेको स्वास्थ्य तालिम केन्द्र सरोकारवाला अधिकारीलाई बोलाएर तयारी बैठक सम्पन्न गरेको छ । बैठकमा महानगरपालिकाको वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नंं १४ का अध्यक्ष सुमन श्रेष्ठसहित खोप सञ्चालन हुने वडाका सदस्य, स्वास्थ्य सेवा विभागको खोप तथा परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

महानगरका ९ वटा वडामध्ये वडा नं. ११, १७, ३१, १४ र ६ मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ । यसैगरी वडा नं. १२, १९, ३२ र १५ वडामा साउन २३ र २४ गते २ दिन कार्यक्रम चलाइनेछ । कार्यक्रमलाई प्रभावकारी बनाउन साउन १८ र १९ गते स्वास्थ्य स्वयमसेविकाहरुलाई अभिमुखीकरण दिइनेछ । २० गते शनिवार खोप सञ्चालन हुने वडामा घरभेट तथा माइकिङ्कका कार्यक्रम हुनेछन् ।

खोप कार्यक्रममा १२ बर्ष माथि उमेर समूहका व्यक्तिहरुलाई फाइजर बायोटक विभालेन्ट खोप दिइनेछ । अहिले दिन लागिएको खोपले अहिलेसम्म कोविड भाइरसका सबै प्रकारका परिवर्तित प्रकार सबैलाई काम गर्ने अधिकारीहरुको भनाइ छ ।बैठकमा वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले, नागरिकको हित र सुरक्षा हुने खालका कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । सामुहिक हितका विषयमा नागरिकलाई थाहा दिनु पर्छ । सहभागिता गराउनु पर्छ । यसका लागि वडाले संयोजन गर्नेछ, महर्जनको भनाइ थियो ।

बैठकमा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले, ‘विरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आँकलन गरेर महानगरबासीको बचावटको उपायका लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो ।’

अहिले कोविडको चर्चा सुनिँदैन तर यसको संक्रमण सकिएको होइन । यदि खोप नभइदिएको भए अहिले व्यक्ति व्यक्तिसँगै बसेर कुरा गर्ने अवस्था हुने थिएन । बैठकमा खोप शाखाका प्रमुख डा. अभियान गौत्तम, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. सागर शाक्य, महानगरको स्वास्थ्य महाशाखा प्रमुख सजिना महर्जनसहितका अधिकारीले खोपले संक्रमणको जोखिमबाट बचाउँछ भन्ने कुरा आम नागरिकलाई बुझाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

बैठकमा मैयाँ सैजुृले यस अघि वडा नं. ६ बौद्ध र वडा नं. १५ स्वयम्भूमा सञ्चालन गरिएको खोप अभियानको अनुभव प्रस्तुत गर्नुभएको थियो । त्यस्तै एफएचआई ३६० का कार्यक्रम संयोजक रेगन रञ्जितले, कोविड नियन्त्रणका लागि यस अघि गरिएका प्रयास र उपलब्धी तथा यसपटकको खोप कार्यक्रमको कार्ययोजनाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
बैठकमा क्लिनिक इञ्चार्जहरुले, खोप कार्यक्रमसँग सम्बन्धित आफ्ना भोगाइ, समस्या र समाधानका लागि गरिएका प्रयासका बारेमा अनुभव सुनाउनुभएको थियो ।

अहिले कोविडको संक्रमणका बारेमा मानिसहरुले खासै कुरा गरेका छैनन् । तर, अस्पतालहरुमा यसैकारण भएको निमोनियाँका विरामीहरु आउने गरेका छन् । उनीहरुको उपचार आईसीयूमा राखेर गर्ने गरिएको छ । बैठकमा खोपको महत्वका विषयमा स्वास्थ्यकर्मीहरुले धारणा राख्नुभएको थियो । कोविड संक्रमणका दृष्टिले ५५ बर्ष उमेर समूहभन्दा माथिका ज्येष्ठ नागरिक, जनसम्पर्कमा बसेर काम गर्नु पर्ने स्वास्थ्यकर्मी, गर्भवती महिला, दीर्घ रोग भएका व्यक्ति, जीवनभर औषधि खाइरहनु पर्ने लगायतका व्यक्तिलाई जोखिममा राखिएको छ ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?