Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आज प्रतिनिधि सभा बैठक बस्दै : टोपबहादुर रायमाझीको पद निलम्बन गरिने


१५ श्रावण, काठमाडाैँ । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजे बोलाइएको छ ।

बैठकमा सभामुखले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउने कार्यसूची छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने जानकारी दिए ।

यसैगरी, सभामुखले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।

साथै, बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम छ । यस्तै, राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?