Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

झापामा अनियमित वर्षाले रोपाइँमा असर


१० श्रावण, झापा । अनियमित वर्षाका कारण झापामा धान रोपाइँमा असर परेकोे छ । जिल्लामा अपर्याप्त र अनियमित वर्षा हुँदा रोपाइँमा समस्या भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब सात प्रतिशत रोपाइँ कम भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख तेजराज भण्डारीले जानकारी दिए ।

केही दिन अघिको तथ्याङ्कअनुसार जिल्लामा ७२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । पर्याप्त वर्षा नहुँदा रोपाइँका लागि तयारी अवस्थामा राखेको खेतमा पनि रोपाइँ हुन नसकेको उनको भनाइ थियो । “गत वर्षको तुलनामा छ–सात प्रतिशत रोपाइँ कम छ”, उनले भने, “बिजुली आउँदै जाँदै गर्नाले समेत सिँचाइ मोटरबाट किसानले पर्याप्त लाभ लिन सकेका छैनन् ।”

जिल्लमा गत वर्ष ८७ हजार हेक्टरमा बर्खे धान रोपाइँ भएको थियो भने यस वर्ष पनि सोही अनुपातमा रोपाइँ हुने अनुमान उक्त कार्यालयले गरेको छ । जिल्लामा अधिकांश किसानले रन्जित, रामनाथ, सर्नालगायत जातका धान लगाएका छन् भने केहीले स्थानीय जातका र बास्नादार धान रोपेका छन् ।

भद्रपुर नगरपालिका–४ का किसान महरसिंह राजवंशीले आफूले रोपाइँ सकेको बताए । उनले भने, “रोपाइँ त सकियो अब पानी चाहिन्छ, चाहिएजस्तो पानी परेको छैन ।” रोपाइँपछि धानलाई पर्याप्त पानी चाहिने उहाँको भनाइ थियो  । जिल्लामा अघिल्ला वर्षहरुको तुलनामा मलको अभाव भने देखिएको छैन ।

यसैबीच सरकारले धानको समर्थन मूल्य तोकिसकेको छ । सरकारले यस वर्ष बेलैमा धानको समर्थन मूल्य तोकेकामा आफूलाई खुसी लागेको कचनकवलकी किसान पुष्पा रिमालले बताइन् । “किसानले आफूले उत्पादन गरेको धानको न्यूनतम मूल्य पनि नपाउने समस्या छ”, उनले भनिन्, “यस पटक सरकारले बेलैमा न्यूनतम मूल्य निर्धारण गरेकाले किसानलाई राहत मिल्ने देखिन्छ ।”

सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ६२ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा रु दुई सय ३१ बढी हो ।

गत आवमा वर्षका लागि सरकारले मोटो धानका लागि प्रतिक्विटल रु दुई हजार नौ सय ६७ र मध्यम धानका लागि प्रतिक्विटल रु तीन हजार एक सय २८ तोकेको थियो । गत वर्ष सरकारले कात्तिकको अन्तिम साता मात्र धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?