Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

वीपी स्मृति दिवसमा रक्तदान कार्यक्रम


६ श्रावण, काठमाडाैँ । ४१ औं वीपी स्मृति दिवसको अवसरमा  रक्तदान आयोजित कार्यक्रममा २३४ यूनिट रगत संकलन” नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवनको आव्हानमा मातहातमा रहेका विभिन्न तहगत निकाय र शुभेच्छुक संस्थाहरुबाट महामानव वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा मिति २०८० श्रावण ५ शुक्रवारका दिन चितवन जिल्ला स्थित ३ वटै निर्वाचन क्षेत्रहरुमा एकैसाथ सुरुवात गरिएको रक्तदाआयोजित न कार्यक्रममा २३४ यूनिट रगत संकलन भएको छ ।

जस अन्तर्गत नेपाली कांग्रेस तरुण विभाग चितवनको संयोजनमा क्षेत्र नं. १ (होटल स्टार चितवन, रत्ननगर-१) मा आयोजित कार्यक्रममा कुल १०५ यूनिट, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. २ को संयोजनमा उद्योग वाणिज्य संघ, नारायणगढमा आयोजित कार्यक्रममा कुल ४१ यूनिट, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. ३ को संयोजनमा सत्कार पार्टी प्यालेस, पार्वतीपुरमा आयोजित कार्यक्रममा कुल ३४ यूनिट र शुभेच्छुक संस्था नेपाल ट्रेड यूनिय अन्तर्गत नेपाल टेलिकम ओर्कर्स यूनियनको संयोजनमा भरतपुरमा आयोजित कार्यक्रममा कुल ५४ यूनिट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रमलाई सफलतापूर्क सम्पन्न गर्न साथ र सहयोग पुर्याउनुहुने नेपाली कांग्रेसका सदस्य एवम् नेता साथीहरु, स्वास्थ्यकर्मी लगाएत आम जनसमुदायमा नेपाली कांग्रेस चितवन हार्दिक धन्यबाद ज्ञापन गर्दछ । यस पुनित अवसरमा आफ्नो अमूल्य रगत दान गरी मानवीय सेवामा समर्पित हुनु भएका रक्तदाता महानुभावहरु प्रति कृत्यज्ञता प्रकट गर्दै उहाँहरुको योगदानको हामी उच्च सम्मान गर्दछौ ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?