Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

अमेरिकाबाट ‘आउ तिमी अँगालोमा’ सार्वजनिक (भिडियो सहित )


१ ,श्रावण ,अमेरिका ।अमेरिका निवासी गीतकार डा. चन्द्र गिरीको प्रेमिल शब्दमा रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको यस गीतमा गायक सुरेश लामा र गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ।

गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा रहेको भिडियोमा स्वयम् निर्देशक विष्ट र अनिषा ओलीको मुख्य अभिनय रहेको छ। भिडियोमा गीतकार डा. चन्द्र गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिनलाई पनि अतिथि कलाकारको रुपमा देख्न सकिन्छ। भिडियोमा दिनेश पराजुलीको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ।

गीत रचना सँगसँगै नियात्रा, कथा, कविता लगायत साहित्यका अन्य विधामा समेत निरन्तर कलम चलाईरहेका डा. चन्द्र गिरीको आत्मकथा ‘मैले नदेखेको सपना’ हालै मात्र प्रकाशन भएको छ। डा. गिरीका हालसम्म लगभग २ दर्जन गीत रेकर्ड भैसकेका छन् भने १ दर्जनजति म्युजिक भिडियो समेत बजारमा आएका छन्। नयाँ म्युजिक भिडियो गीतकार गिरीकै अफिसिएल युट्युब च्यानल ‘रुपान्तर म्युजिक’ मार्फत सार्वजनिक भएको छ। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?