Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमान खसाल्ने उत्तर कोरियाको चेतावनी


२५ असार, एजेन्सी । उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको निन्दा गरेको छ ।

संयुक्त राज्य अमेरिकाले ‘युद्धकालको स्तरभन्दा बढी जासुसी गतिविधिलाई तीव्र पारेको’ उत्तर कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयका एक प्रवक्ताले बताएका छन् ।

अमेरिकी जासूसी विमानहरूले यस महिना लगातार आठ दिनमा ‘उत्तेजक’ उडानहरू गरेका छन् । एउटा जासुस विमानले पूर्वी सागरमा उत्तर कोरियाको हवाई क्षेत्रमा ‘धेरै पटक’ घुसपैठ गरेको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन् ।

“अमेरिकी वायु सेनाको रणनीतिक जासुस विमान खसाल्ने जस्तो डरलाग्दो दुर्घटना कोरियाको पूर्वी सागरमा हुने छैन भन्ने कुनै ग्यारेन्टी छैन,” प्रवक्ताले कोरियन सेन्ट्रल न्यूज एजेन्सीलाई उद्धृत गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ताले प्योङयाङले अमेरिकी विमान खसालेको विगतका घटनाहरूको हवाला दिँदै अमेरिकाले आफ्नो हवाई जासुसीको मूल्य चुकाउने चेतावनी दिए ।

वक्तव्यमा कोरियाली प्रायद्वीपमा अमेरिकी रणनीतिक आणविक सम्पत्ति तैनाथ गर्ने योजनालाई उत्तर कोरियाका लागि ‘सबैभन्दा अघोषित आणविक ब्ल्याकमेलिङ’ को संज्ञा दिँदै यसले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ ।

“अमेरिकी उत्तेजक सैन्य कारबाहीका कारण कोरियाली प्रायद्वीपको अवस्था आणविक द्वन्द्वको संघारमा पुगेको वर्तमान अवस्थाले स्पष्ट रुपमा प्रमाणित गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

वासिङ्टनले गत अप्रिलमा दक्षिण कोरियाको बन्दरगाहमा दशकौंपछि पहिलो पटक भ्रमण गर्न आणविक हतियारले सुसज्जित ब्यालेस्टिक पनडुब्बी पठाउने घोषणा गरेको थियो ।

उत्तर कोरियाले यस वर्ष आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गर्ने र मे महिनामा सैन्य जासुसी उपग्रहलाई कक्षमा स्थापित गर्ने प्रयाससहित धेरै प्रतिबन्धहरू तोड्ने प्रक्षेपणहरू गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले वासिङ्टनसँग प्रतिरक्षा सहकार्यलाई बढावा दिनुभएको छ र उन्नत स्टील्थ जेट र उच्च प्रोफाईल अमेरिकी रणनीतिक सम्पत्तिको साथ संयुक्त सैन्य अभ्यासको आयोजना गरेका छन् ।

उत्तर कोरियाको बढ्दो आणविक र क्षेप्यास्त्र खतराबारे नेटो सदस्य राष्ट्रसँग बलियो सहकार्यको माग गर्दै युन यसै साता लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने उहाँको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?