Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

खप्तडमा छायांकन गरिएको ‘सधैं यस्ता मिठा कुरा’ सार्वजनिक


काठमाडौं : सुदूरपश्चिममा पर्ने प्राकृतिक तथा आध्यात्मिक ठाउँ खप्तड क्षेत्रमा छायांकन गरिएको गीत सार्वजनिक भएको छ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्व पर्यटन मन्त्री प्रेम आलेले पर्यटन बाेर्डमा आयाेजित कार्यक्रममा गीतको विमोचन गरेका हुन्।

सुगम संगीतका चर्चित गीतकार तथा संगीत दिपक शर्माको शब्द र संगीत रहेको गीतमा स्वर डेभिड शंकर र वेनिशा पौडेलको रहेको छ। पर्यटकीय क्षेत्र खप्तडलाई सुटिङका लागि समेत उपयुक्त ठाउँका रुपमा प्रस्तुत गर्न खोजिएको म्युजिक भिडियो निर्माण संयोजन समेत गरेका कलाकार सनम कठायतले जानकारी दिएका छन्।
डोटी घर भएका कलाकार कठायतले आफ्नो क्षेत्रलाई प्रवर्द्धनका लागि अभियानका रुपमा यसपटक खप्तडमा केही गीत सुटिङ गरिएको बताए। उनले भने, ‘हामीले आफ्नो कर्तव्य ठानेर यसपल्ट सुटिङ स्पट खप्तड रोज्यौं। अभियानमा बझाङको खप्तड छान्ना गाउँपालिका, कार्की क्रियसनलगायतले सघाएका छन्।’ यो गीतम कठायतसँगै निशा कार्कीको अभिनय देख्न पाइन्छ।

गीत निर्देशन खप्तड क्षेत्र फैलिएको अर्को जिल्ला बाजुरा घर भएर अहिले पत्रकारिताका साथै देउडा गीत लेखन र म्युजिक भिडियो निर्देशन समेत गरिरहेका डिबी खड्काले गरेका छन्। क्रियटिभ निर्देशक जनक सिंह, सिनेमाटोग्राफर दिपक गिरीलगायत पनि सुदूरपश्चिमबाटै आएर नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्ति हुन्। म्युजिक भिडियो सम्पादन विकास दाहालले गरेका छन्। गीत युट्युबमा ‘कार्की क्रियसन’बाट सार्वजनिक भएको छ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?