Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

आज टर्टलमा तृष्णा गुरुङको लाइभ कन्सर्ट


गायिका तृष्णा गुरुङ आज काठमाडौं ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा गुन्जिने भएकी छिन् । भ्वाइस आफ नेपाल तेश्रो सिजनकी कोचसमेत रहेकी गायिका गुरुङले राति ९ बजेबाट आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने क्लबका सञ्चालक आयुष ठकुरीले जानकारी दिए ।

नेपाली संगीतकर्मीका रुपमा बेलायतको रोयल अल्बर्ट हलमासमेत प्रस्तुति दिइसकेकी गुरुङका गीत युवा पुस्तामाझ चर्चित छन् । उनको ‘हस्की’ स्वर स्रोतामाझ प्रिय छ । टर्टलमा आज उनले माया पिरती, खानी हो यामी, गाइने दाजैले, साँझको बेला, तिम्रो मेरो प्रेम, गुराँसै फुल्योसहित दर्जन बढी आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछिन् ।

विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ । केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारहरुको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए ।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?