Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आज टर्टलमा तृष्णा गुरुङको लाइभ कन्सर्ट


गायिका तृष्णा गुरुङ आज काठमाडौं ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा गुन्जिने भएकी छिन् । भ्वाइस आफ नेपाल तेश्रो सिजनकी कोचसमेत रहेकी गायिका गुरुङले राति ९ बजेबाट आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने क्लबका सञ्चालक आयुष ठकुरीले जानकारी दिए ।

नेपाली संगीतकर्मीका रुपमा बेलायतको रोयल अल्बर्ट हलमासमेत प्रस्तुति दिइसकेकी गुरुङका गीत युवा पुस्तामाझ चर्चित छन् । उनको ‘हस्की’ स्वर स्रोतामाझ प्रिय छ । टर्टलमा आज उनले माया पिरती, खानी हो यामी, गाइने दाजैले, साँझको बेला, तिम्रो मेरो प्रेम, गुराँसै फुल्योसहित दर्जन बढी आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछिन् ।

विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ । केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारहरुको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए ।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?