Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

‘क्रुजसिप’ मा सरर


नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले विगत तीन दिनदेखि नियमितरूपमा सञ्चालन गरिँदै आएको बताउनुभयो । दैनिक तीनपटक सञ्चालन गरिँदै आएको छ । दैनिक एक सय जनाभन्दा बढीले क्रुजमा मनोरञ्जन लिएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ, पोखरालगायतका जिल्लाबाट समेत क्रुज सयरका लागि आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुरुआती चरणमा उत्साहजनक उपस्थिति छ ।” स्थानीयवासीसहित बाहिरी जिल्लाबाट समेत पर्यटक आएको उहाँ बताउनुहुन्छ ।

क्रमशः ५०–६० जना भएसँगै क्रुज सञ्चालन गर्ने गरी तयारी गरिएको छ । केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारी र कानुनी समस्याका कारण क्रुज सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । क्रुजको दुई वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो । एक घण्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको उहाँले बताउनुभयो । यसका लागि रु सात सयको टिकट काट्ने गरिएको छ । यसमा एक कप कफी दिइँदै आएको छ । यसका अलावा विभिन्न प्याकेज पनि तयार पारेको उहाँले बताउनुभयो । ब्रेकफास्ट क्रुजिङका लागि रु एक हजार पाँच सय, लञ्च क्रुजिङका लागि रु दुई हजार, डिनर क्रुजिङका लागि रु दुई हजार पाँच सय शुल्क तोकिएको छ । केही दिनभित्रै सुरुमा डिनरबाट प्याकेज सञ्चालन गर्ने तयारी गरिएको छ । यो समयमा बिहानमा कुहिरोका कारण सञ्चालन कठिन हुने भएकाले लञ्च र डिनर गर्न सकिने उहाँको भनाइ छ । क्रुजसिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन् । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेशन रहेको छ । तीन तलाको क्रुजमा दुई सय जना यात्रु एकैसाथ चढ्न मिल्छ । कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार यो क्रुजसिप निर्माणमा रु १५ करोडभन्दा बढी खर्च भएको छ । क्रुजमा सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ । क्रुजमा यात्रा गर्ने हरेक यात्रुको रु १० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायतका गतिविधि गर्न पाइने उहाँले जानकारी दिनुभयो ।

नारायणी नदीको ४० किलोमिटरमा सञ्चालनका अनुमति लिएको निर्देशक कँडेलको भनाइ छ । यतिबेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्र चलाइने छ । पानीको बहावअनुसार दूरी बढाउँदै लैजाने उहाँले बताउनुभयो । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुजसिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन् । यसको चालक दलमा १५ जना रहने छन् । क्रुजसिप सञ्चालनसँगै यहाँको पर्यटन क्षेत्रमा सकारात्मक


प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?