Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त


काठमाडौँ। लेखक कल्पना रिजालको पूर्वीय दर्शन, प्रकृति र राष्ट्रियतासम्बन्धी ‘डाँफे’ कृतिको लोकार्पण गरिएको छ ।

शनिवार काठमाडौंमा एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त लगायतले उक्त कृतिको लोकार्पण गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले लेखक तथा बौद्धिक समुदायलाई वैदिक साहित्य र अध्यात्मबारे लेख्न आह्वान गर्दै रामायण र महाभारतका नारी पात्रहरुको बारे लेखिएको पुस्तकहरुको अध्ययन गर्न समेत आग्रह गरेका छन् । लेखकले आफू बसिरहेको समाज र आफूसँग उपलब्ध ज्ञानका स्रोतहरू उल्लेख गरेर पुस्तक लेख्नुपर्नेमा उनको जोड छ । उनले समसामयिक समाजको सही अध्ययन र वैदिक ज्ञानको गहिरो बुझाइ नै गुणस्तरीय साहित्यको आधार रहेको बताएका छन् ।

उनले भने, ‘लेख्नेहरुले अध्यात्मको बारेमा लेख्नुस्, वैदिक साहित्यको बारेमा लेख्नुस् । हामीले महाभारत र रामायणका नारी पात्रका बारेमा लेखिएका थुप्रै उपन्यास तथा कृतिहरु पढ्नुपर्छ । लेखकले पढ्ने भनेको दुईवटा कुरा हो एउटा आफू बाँचिरहेको समाज पढ्ने हो । अर्को, आफूसँग उपलब्ध ज्ञानका माध्यमहरुलाई पढ्ने हो । त्यसकारण राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छ ।’

राम्रो लेखक हुनलाई राम्रो पाठक पनि हुनुपर्ने मन्त्री पन्तको भनाइ छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?