Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ?


काठमाडौँ। संसारको सबैभन्दा पुरानो प्रश्न हो – पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ?

तर जवाफ आजसम्म कुनै किताबमा भेटिँदैन। किनभने यो तुलना होइन, अनुभव हो। यो त आँशु, पीडा, संघर्ष, सहनशीलता र मौनको कथा हो – जहाँ पुरुष र महिला दुवै लडिरहेका हुन्छन्, तर फरक– फरक युद्धभूमिमा।

पुरुषको काँधमा बोझ हुन्छ – परिवार, जिम्मेवारी, सपना र अपूरा आकांक्षाहरूको। उनीहरू बिहानदेखि रातसम्म खटिन्छन्, आँशु पोख्नेलाई कमजोरी ठानिन्छ। उनीहरू बोल्दैनन्, तर भित्र भित्रै टुक्रिएका हुन्छन्। अनि रुन  खोज्दा पनि, “पुरुष भएर किन रोएको?” भन्ने समाजको चिसो व्यंग्यले चुप लाग्न बाध्य हुन्छन्।

महिलाको युद्ध भिन्न छ—उनीहरूले बारम्बार आफैलाई छायाँ बनाउँछिन्, अरूका सपना पूरा गर्न। दैनिक आफ्ना सपनाको चिहान बनाउँछिन्, संसारका तिक्त वचन, शंका, अपमान, अनि कहिलेकाहीं त आफ्नै अस्तित्वविरुद्धको संघर्ष पनि हँसिलो अनुहारमा लुकाउँछिन्।

धैर्यको कुरा गर्ने हो भने—

शरीर चिरेर जीवन जन्माउने शक्ति यदि महिलामा हुन्छ भने, भोक, निद्रा र भावनालाई मारेर परिवार पाल्ने शक्ति पनि पुरुषमा हुन्छ।

शक्ति दुवैमा छ— तर रूप फरक, बोझ फरक, दुखाइ फरक। एकले भित्रै भित्र टुक्रिएर बाँच्छ, अर्कोले भित्रै भित्रै जल्दै पनि उज्यालो दिन्छ।

यसैले यो संसारमा सजिलो कसैको पनि छैन।

न पुरुषको जीवन सरल छ, न महिलाको सजिलो। संसार एउटै छ, तर यात्राको बाटो फरक-फरक छ।

यथार्थ यही हो- जिन्दगी लडाई हो, जसमा पुरुषले पग्लन सिकेका छन्, र महिलाले बलिन बन्न। दुवैको जिन्दगी पीडाले बनेको कविता हो- जहाँ आँशु लेखिन्छ, मुस्कानले मेटिन्छ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?