Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ?


काठमाडौँ। संसारको सबैभन्दा पुरानो प्रश्न हो – पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ?

तर जवाफ आजसम्म कुनै किताबमा भेटिँदैन। किनभने यो तुलना होइन, अनुभव हो। यो त आँशु, पीडा, संघर्ष, सहनशीलता र मौनको कथा हो – जहाँ पुरुष र महिला दुवै लडिरहेका हुन्छन्, तर फरक– फरक युद्धभूमिमा।

पुरुषको काँधमा बोझ हुन्छ – परिवार, जिम्मेवारी, सपना र अपूरा आकांक्षाहरूको। उनीहरू बिहानदेखि रातसम्म खटिन्छन्, आँशु पोख्नेलाई कमजोरी ठानिन्छ। उनीहरू बोल्दैनन्, तर भित्र भित्रै टुक्रिएका हुन्छन्। अनि रुन  खोज्दा पनि, “पुरुष भएर किन रोएको?” भन्ने समाजको चिसो व्यंग्यले चुप लाग्न बाध्य हुन्छन्।

महिलाको युद्ध भिन्न छ—उनीहरूले बारम्बार आफैलाई छायाँ बनाउँछिन्, अरूका सपना पूरा गर्न। दैनिक आफ्ना सपनाको चिहान बनाउँछिन्, संसारका तिक्त वचन, शंका, अपमान, अनि कहिलेकाहीं त आफ्नै अस्तित्वविरुद्धको संघर्ष पनि हँसिलो अनुहारमा लुकाउँछिन्।

धैर्यको कुरा गर्ने हो भने—

शरीर चिरेर जीवन जन्माउने शक्ति यदि महिलामा हुन्छ भने, भोक, निद्रा र भावनालाई मारेर परिवार पाल्ने शक्ति पनि पुरुषमा हुन्छ।

शक्ति दुवैमा छ— तर रूप फरक, बोझ फरक, दुखाइ फरक। एकले भित्रै भित्र टुक्रिएर बाँच्छ, अर्कोले भित्रै भित्रै जल्दै पनि उज्यालो दिन्छ।

यसैले यो संसारमा सजिलो कसैको पनि छैन।

न पुरुषको जीवन सरल छ, न महिलाको सजिलो। संसार एउटै छ, तर यात्राको बाटो फरक-फरक छ।

यथार्थ यही हो- जिन्दगी लडाई हो, जसमा पुरुषले पग्लन सिकेका छन्, र महिलाले बलिन बन्न। दुवैको जिन्दगी पीडाले बनेको कविता हो- जहाँ आँशु लेखिन्छ, मुस्कानले मेटिन्छ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?