Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै २ कम्पनीसहित १८ प्रतिवादी बनाइ मुद्दा दर्ता


काठमाडौँ। अख्तियार दुरुपयोग अुनसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै १६ जना र २ कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । जसमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद मोहन बस्नेत समेत रहेका छन्। विशेष अदालतका शाखा अधिकृत प्रकाशनारायण श्रेष्ठकाअनुसार पूर्वमन्त्री बस्नेतसहित सेवानिवृत्त दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशक पदमा कार्यरत सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, सन्दीप अधिकारीविरुद्ध मुद्दा दर्ता भएको हो । यस्तै, उपनिर्देशक अच्युतानन्द मिश्र, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । यस्तै प्रतिवादीहरुमा जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेल रहेका छन् ।

उनले भने, “टेरामक्स खरीद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोगले हालसालै विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसका प्रतिवादीहरु १८ जना हुनुहुन्छ । त्यसमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालिन मन्त्री हाल प्रतिनिधि सभा सदस्य माननीय मोहनबहादुर बस्नेत, सेवानिवृत्त दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशक पदमा कार्यरत सुरेन्द्रलाल हाडा, दीपेश आचार्य, संदिप अधिकारी,उपनिर्देशक अच्युतानन्द मिश्र, विजय कुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, जमाल अनौती, एजेन्ट दिलिपकुमार गुरुङ, तेजप्रसाद खरेल रहेका छन् ।”

उनीहरुविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको अदालतले जनाएको छ ।


प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?