Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘कोरोना सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगरौँ’


२० वैशाख ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउने र सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकाले सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरिएको बताए ।

“कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्याउँछ । सुर्र्तीजन्य पदार्थको सेवन गर्नेको फोक्सो पहिले नै समस्या भइसकेको हुन्छ”, उनले भने, “त्यसैले कोरोना भाइरसबाट बच्नका लागि सुर्र्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन ।”

धूम्रपानले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणाले बढाउने मन्त्रालयले जनाएको छ । सुर्र्तीजन्य पदार्थको सेवनले शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई असर गर्ने र त्यसले सङ्क्रमण हुने सम्भावना बढाउने मन्त्रालयले जनाएको छ ।

सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना सङ्क्रमण सजिलै सर्ने सम्भावना बढी हुने सहप्रवक्ता डा अधिकारीले बताए ।

“सुर्तीजन्य पदार्थ एकापसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्न सम्भावना बढी हुन्छ”, उनले जारी गरेको सूचनामा भनिएको छ, “एउटै हुक्का, चिलिम प्रयोग गरी पालैपालो सेवन गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिन सक्दछ ।”


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?