Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयमा बुधवार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले बताए । प्रारम्भिक चरणमा सबै प्रदेशमा एक÷एक वटा अटिजम स्कुलको खाँचो औँल्याएका छन् । मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उनको भनाई छ । उनले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिए । बुढालिनकण्ठ–४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया शुरु भइसकेको उनले बताए । अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको उनको भनाई छ । उनले अटिजम स्कुल स१चालनको लागि काठमाडौँ महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडी बढ्ने बताए ।

उनले भने, ‘खासगरि अहिले चाँही हामीले यो पटकको बजेटमा काठमाडौंमा एउटा अटिजम स्कुल बुढालिनकण्ठ वडा नम्बर ४ मा चाहीँ जग्गा छ, त्यहाँ भवन बन्ने प्रक्रिया शुरु भएको छ । यसको डिपिआर पनि हामीलाई उपलब्ध छ । त्यसमा हामीले बजेटमा नै ३ करोड रुपैयाँ, त्यो धेरै त होइन तर हामीले शिर्षक उल्लेख गरेको स्थिति छ । हामीले चाहीँ त्यसलाई रफ्तारमा अगाडी बढाउँदैछौँ र काठमाडौंमा अटिजम स्कुल हामीले बनाएर नै छाड्छोँ । त्यसमा चाहीँ काठमाडौं महानगरपालिकाका मेयरले पनि त्यसमा चाहना राख्नुभएको छ । उहाँहरुसँग पनि समन्वय गरेर हामीले चाहीँ त्यसलाई अगाडी बढाउनेछौँ । र व्यवस्थित अटिजम स्कुल चाहँी हामीले काठमाडौंमा पहिलो चरणमा निर्माण गर्नेछौँ र यो सातै प्रदेशमा कम्तीमा एक÷एक वटा प्रारम्भिक चरणमा आवश्यक छ । यसलाई पनि हामी दीर्घकालिन परियोजनाको रुपमा अगाडी बढाउने कुरा चाहीँ यहाँहरुको बीचमा राख्न चाहन्छु ।’

उनले नेपालमा हालसम्म कति अटिजम भएका बालबालिका छन् भन्ने यकिन तथ्याङ्क नै नभएको बताएका छन् ।


प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?