Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

झोलुङ्गे पुल निर्माण गर्न माग


लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् । विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पु¥याएको थियो । तत्काल आवागमन सञ्चालन गर्न निजी स्तरबाट काठेपुल निर्माण समेत गरिएको थियो । पछिल्लो समय सो काठेपुलसमेत जीर्ण भइसकेका स्थानीयवासीले जनाएका छन् ।

हिमाली पदयात्राको लागि हजाराँै पर्यटक लाङटाङ जाने गर्दछन् । स्थानीयवासीले थाङसेप माथि छार्तिङ खोलामा समेत झोलुङ्गे पुल निर्माण गरिदिन माग गरिएका छन् । सो स्थानमा भूकम्पको असरले हिमपहिरो आउँदा सोे झोलुङ्गे पुल बगाइ पर्यटक आवागमनमा असर परेको जनाइएको छ । स्याफ्रुबेँसीदेखि खोलाको तिरैतीर लाङटाङ जाने १८ किलोमिटर पदमार्गअन्तर्गतका भागमा पर्ने झोलुङ्गे पुल निर्माणको साथसाथै पदमार्गसमेत मर्मत एवं पुनःनिर्माण गरिदिन माग गरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डुप लामा ज्याङ्वाले बताउनुभयो । पदमार्ग सहज नहुँदा विशेष गरी वर्षायाममा पदयात्रीको ज्यानसमेत जोखिममा परिरहेको कारण सरोकारवाला निकायले समयमै ध्यान दिन स्थानीयद्वारा आग्रह गरिएको उहाँले बताउनुभयो हो । लाङटाङ जाने बृद्विम तर्फबाट खाम्जिङ, शेर्पागाउँ, रिम्चेतर्फको पुरानो बाटो भए पनि स्याफ्रुबेँसीदेखि खोला तिरतिरैतर्फकै पदमार्ग बढी प्रयोगमा आउने गरेको छ । नेपालको तेस्रो पर्यटकीयस्थलको रूपमा मानिएको लाङटाङ पदमार्गको विकासका लागि नेपाल पर्यटन वोर्डलगायत सरोकारवाला निकायले विशेष कार्यक्रम ल्याई पर्यटन विकासको प्रवद्र्धनमा सहयोग गरिदिन लाङटाङका बासिन्दाले माग गरेका छन् ।

लाङटाङ पदयात्रामा जाने पर्यटकका लागि हिमालबाट हिउँ पग्लेर छ्याङछ्याङ गर्दै झरेको लाङटाङ खोलाको झर्ना, ठाउँठाउँमा बनेको ताल, भोजपत्र, ल्यारेक्स सल्लोलगायतका अनगिन्ती मिश्रण वनस्पति, सयौँ प्रजातिका चरा, फाट्टफुट्ट देखिने विविध प्रकारका जनावर, क्याङ्जेन भ्याली, मानव नजिक रहेको हिमनदी, यालापिक, गञ्जलालगायतका सम्पदाले मनमोहक बनाउने गरेको बताइएको छ । यसैगरी पर्यटकका लागि खानेपानीको व्यवस्था, फोहरमैलाको उचित व्यवस्थापनको कार्यक्रमसमेत सञ्चालन गरिदिन लाङटाङका पर्यटन व्यवसायीले संघीय सरकारसंग आग्रह गरेका छन् ।


प्रकाशित मिति: २ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?