Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

साप्सुखोला जलविद्युत् आयोजनाको शेयर बिक्री खुला


१३ वैशाख ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोला जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुलाइएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी थ्रीस्टार हाइड्रो पावर कम्पनीले उत्पादन गरेको ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुला गरिएको हो । आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर बिक्री खुला गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनीले जनाएको छ ।

आयोजनाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाका सबै ११ वडा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै सातवटै वडाका स्थानीय बासिन्दाले शेयरका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थ्रीस्टार हाइड्रो पावर कम्पनीका आयोजना प्रमुख प्रदीप दाहालले जानकारी दिए । वैदेशिक रोजगारीमा रहेका नेपालीले शेयर सदस्यका लागि अनलाइनमाध्यममार्फत आवेदन दिनसक्ने जनाइएको छ । प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले अधिकतम चार लाख ९२ हजार पाँच सय र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ७३ हजार आठ सय ७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । शेयरका लागि वैशाख २५ गतेसम्म र ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । स्थानीय बासिन्दाले सानिमा, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, ज्योति विकास, प्रभु र थ्रीस्टार हाइड्रो पावरको कार्यालयबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।

उत्पादन सुरु भएको दुई वर्षपछि साप्सुखोला जलविद्युत् आयोजनाले शेयर बिक्री खुलाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको जनाइएको छ । कम्पनीले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पुँजी रु ४९ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु चार करोड ९२ लाख ५० हजार बराबरको चार लाख ९२ हजार पाँच सय कित्ता सेयर खुला गरेको छ ।

सर्वसाधारणलाई छुट्याएको १५ प्रतिशत अर्थात् रु सात करोड ३८ लाख ७५ हजारको १० प्रतिशतले हुन आउने रु ७३ लाख ८७ हजार पाँच सय बराबरको ७३ हजार आठ सय ७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन बाँडफाँट गर्न बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

करिब रु एक अर्ब ५० करोडमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको थियो । खोलाबाट करिब चार किलोमिटर हेडड्रेसमार्फत ल्याइएको पानीलाई बेलडाँडाबाट एक सय १० मिटर पेनस्टकमार्फत प्रतिसेकेण्ड सात हजार लिटर पानी खसाएर विद्युत् उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत् २ दशमलव ५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सवस्टेशनमार्फत राष्ट्रिय प्रशारणलाइनमा जोडिएको छ । विसं २०७८ मङ्सिर १४ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको जलविद्युत् विसं २०७८ पुसमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणलाइनमा जोडिएको थियो ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?