Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

म्याग्दी क्याम्पसको भवन निर्माण समयमै पूरा


९ वैशाख ,म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा पाँच कोठे एक तले भवन वनाउन २०७९ कात्तिक ४ गते उत्तरगङ्गा निर्माण सेवासँग रु ९५ लाख ८५ हजार चार सय १२ मा ठेक्का सम्झौता भएको थियो ।

भवनमा दुई वटा शौचालय पनि छन् । विसं २०७९ चैत २५ गतेसम्म ठेक्काको म्याद भएको भवन निर्माण व्यवसायीले चैत २२ गतेनै हस्तान्तरण गरेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले जानकारी दिए ।

आयोगको रु एक करोड र क्याम्पसको रु ३४ लाख साझेदारी गर्ने गरी लागत अनुमान तयार गरिएको भवनको ठेक्का प्रतिस्पर्धामा सहभागी १२ मध्य सबैभन्दा कम कबोलेको उत्तरगङ्गासँग सम्झौता भएको हो । क्याम्पसको भवनको नापजाँच गर्ने क्रममा ढिस्कोले पुरिएर उत्तरगङ्गाका सञ्चालक कृष्ण बरुवालको २०७९ मङ्सिर २१ गते मृत्यु भएको थियो ।

बरुवालको मृत्यु भए पनि उनका भाइ नवराजले जिम्मेवारी लिएर कम्पनीले ठेक्का लिएका आयोजनालाई पूर्णता दिएका हुन् । “व्यवसायीले इच्छाशक्ति देखाएर पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गर्न सक्ने हो भने जस्तो सुकै असहज अवस्थामा पनि आयोजना सम्पन्न गराउन सकिने रहेछ”, क्याम्पस प्रमुख जिसीले भने, “आयोजना कार्यान्वयन गराउने पक्षले निगरानी, समन्वय र सहजीकरण गरेर काम गर्ने वातावरण बनाउने हो भने ढिलासुस्ती हटाउन सकिन्छ ।”

एमएड, बिआइसिटी र बिबिएको कक्षा सञ्चालन गर्न क्याम्पसले रु चार करोड ३३ लाख लागत अनुमानसहित चार तले भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको छ । क्रमागत योजनाअन्तर्गत आगामी आर्थिक वर्षका लागि आयोगमा थप रु एक करोड ८७ लाख बजेट प्रस्ताव गरिएको छ ।

समुदायस्तरबाट सञ्चालित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पाएको क्याम्पसको पूर्वाधार र शैक्षिक कार्यक्रम विस्तारले तीव्रता पाएको छ । एक हजार दुई सय विद्यार्थी अध्ययनरत म्याग्दी क्याम्पसको हाल समग्र उत्तीर्ण प्रतिशत ३७ दशमलव ०५ प्रतिशत छ ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?