Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै


दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् । प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आठ सय ७४ बिरामीले त्यस्तो सेवा लिएका छन् । उहाँका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा थुनुवा ४४ गरी दुई सय तीन जनाले सेवा लिएका छन् ।

त्यस्तै जेरियाट्रिक सेवा लिने ज्येष्ठ नागरिक पाँच सय चार रहेका छन् । त्यसमा ६० देखि ९२ वर्षसम्मका महिला दुई सय ७४ र पुरुष दुई सय ३० रहेका छन् । त्यस्तै सिकलसेल एनिमियाका एक सय १४ जनाले निःशुल्क औषधि खाइरहेका छन् । सिकलसेलका बिरामीलाई रु एक लाखसम्मको औषधि उपलब्ध गराउने नीतिअनुरुप प्रतिष्ठानबाट ६१ महिला र ५३ पुरुषले निःशुल्करुपमा औषधि पाइरहेका छन् । त्यस्तै ५३ जनाले डायलाइसिस सेवा निःशुल्क लिइरहेका छन् । चालु आर्थिक वर्षको साउनसम्म केही बिरामीलाई आंशिक मात्रै छुट दिने गरिएको भए पनि भदौदेखि भने पूर्णरुपमा नै छुट दिने गरिएको केसीले बताउनुभयो । वडाको सिफारिसका आधारमा प्रतिष्ठानले जाँच बुझ गरेर निःशुल्क उपचारको व्यवस्था गर्ने गरेको उहाँको भनाइ छ । “गरिब, विपन्न, अशक्त, असहाय वर्गलाई निःशुल्क उपचार दिने प्रतिष्ठानको नीति हो”, उहाँले भन्नुभयो, “त्यहीअनुसार बिरामीलाई सेवा दिने गरेका छौँ ।” मानसिक उपचार सेवा प्रतिष्ठानमा मानसिक उपचारका लागि ‘एमइसिटी’ सेवा थपिएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार पहिले मानसिक रोगका बिरामीलाई करेन्ट लगाएर उपचार गरिन्थ्यो तर, अब यो सेवा सुरु भएसँगै बिरामीलाई दुखाइ नै नहुने गरेर उपचार हुन्छ ।

सो उपचार बिरामीलाई बेहोस बनाएर मानसिक रोग विशेषज्ञ, एनेस्थेसियोलोजिष्टको निगरानीमा उपचार हुन्छ । मानसिक रोगीलाई उपचार गर्ने पद्धति औषधि र भौतिक उपचार पद्धति भएकाले पीडा नदिएर उपचार गर्ने विधिको थालनी गरिएको हो । प्रतिष्ठानमा मनोचिकित्सा सेवा २०७७ माघदेखि सुरु भएको थियो । असोज ३० गतेदेखि प्रतिष्ठानमा १० शय्यासहितको मनोचिकित्सा विभाग बनाएर उपचार थालिएको छ ।


प्रकाशित मिति: २९ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?