Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै


दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बिरामीले निःशुल्क उपचार पाउने गरेका छन् । प्रतिष्ठानका स्रोत व्यक्ति दीपक केसीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आठ सय ७४ बिरामीले त्यस्तो सेवा लिएका छन् । उहाँका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा थुनुवा ४४ गरी दुई सय तीन जनाले सेवा लिएका छन् ।

त्यस्तै जेरियाट्रिक सेवा लिने ज्येष्ठ नागरिक पाँच सय चार रहेका छन् । त्यसमा ६० देखि ९२ वर्षसम्मका महिला दुई सय ७४ र पुरुष दुई सय ३० रहेका छन् । त्यस्तै सिकलसेल एनिमियाका एक सय १४ जनाले निःशुल्क औषधि खाइरहेका छन् । सिकलसेलका बिरामीलाई रु एक लाखसम्मको औषधि उपलब्ध गराउने नीतिअनुरुप प्रतिष्ठानबाट ६१ महिला र ५३ पुरुषले निःशुल्करुपमा औषधि पाइरहेका छन् । त्यस्तै ५३ जनाले डायलाइसिस सेवा निःशुल्क लिइरहेका छन् । चालु आर्थिक वर्षको साउनसम्म केही बिरामीलाई आंशिक मात्रै छुट दिने गरिएको भए पनि भदौदेखि भने पूर्णरुपमा नै छुट दिने गरिएको केसीले बताउनुभयो । वडाको सिफारिसका आधारमा प्रतिष्ठानले जाँच बुझ गरेर निःशुल्क उपचारको व्यवस्था गर्ने गरेको उहाँको भनाइ छ । “गरिब, विपन्न, अशक्त, असहाय वर्गलाई निःशुल्क उपचार दिने प्रतिष्ठानको नीति हो”, उहाँले भन्नुभयो, “त्यहीअनुसार बिरामीलाई सेवा दिने गरेका छौँ ।” मानसिक उपचार सेवा प्रतिष्ठानमा मानसिक उपचारका लागि ‘एमइसिटी’ सेवा थपिएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार पहिले मानसिक रोगका बिरामीलाई करेन्ट लगाएर उपचार गरिन्थ्यो तर, अब यो सेवा सुरु भएसँगै बिरामीलाई दुखाइ नै नहुने गरेर उपचार हुन्छ ।

सो उपचार बिरामीलाई बेहोस बनाएर मानसिक रोग विशेषज्ञ, एनेस्थेसियोलोजिष्टको निगरानीमा उपचार हुन्छ । मानसिक रोगीलाई उपचार गर्ने पद्धति औषधि र भौतिक उपचार पद्धति भएकाले पीडा नदिएर उपचार गर्ने विधिको थालनी गरिएको हो । प्रतिष्ठानमा मनोचिकित्सा सेवा २०७७ माघदेखि सुरु भएको थियो । असोज ३० गतेदेखि प्रतिष्ठानमा १० शय्यासहितको मनोचिकित्सा विभाग बनाएर उपचार थालिएको छ ।


प्रकाशित मिति: २९ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?