Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण


३ वैशाख ,बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो ।

विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर विस २०७५ देखि सुरु भएको विद्यालय भवन पुनःनिर्माण अभियानअन्तर्गत प्रवासमा रहेका बेगखोलावासीको नेतृत्वमा रु एक करोड ५० लाख सहयोग जुटाएर भवन नयाँ बनाइएको हो ।

देश तथा विदेशमा छरिएर रहेका बेगखोलावासी बेगखोला कल्याणकारी समाजमा गोलबद्ध बनेर विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका थिए । अभियानका क्रममा रु एक करोड ५० लाख सहयोग सङ्कलन गरेर विद्यालयको सातकोठे भवन पुनःनिर्माण गरिएको भवन पुनःनिर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिए ।

“यो अभियानमा बेगखोला बाहिरका सहयोगदाताले समेत आर्थिक सहयोग गर्नुभएको छ, कोभिडलगायतका विविध कारणले भवन कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन, समग्रमा देश तथा विदेशमा रहेका बेगखोलावासीको एकता र सहकार्यले जीर्ण भवनबाट सुविधासम्पन्न भवन सम्भव भएको हो”, उनले भने ।

विद्यालयमा इन्द्रबहादुर , पदमबहादुर र यमकुमार पुर्जाका तीन दाजुभाइका परिवारले करिब रु १४ लाख लगानीमा कम्प्युटर कक्षाको लागि छुट्टै थप कोठा निर्माण गरेका छन् । सहयोगदाताले मन खोलेर सहयोग गरेकै कारण पुरानो र जीर्ण भवनको ठाउँमा सुविधासम्पन्न भवन निर्माण हुन सम्भव भएको पुनःनिर्माण अभियानका सचिव नगेन्द्र पुर्जा (नक्कु)ले जानकारी दिए ।

अभियानमा आर्थिक सहयोग गर्ने दाताको विद्यालयमा शिलालेखमा अभिलेख राखिएको छ । विद्यालयमा बेगखोलावासीले चन्दा सङ्कलन गरेर निर्माण गरेको सातकोठे कक्षाकोठा भवनबाहेक पुनःनिर्माण प्राधिकरणको शिक्षा एकाइमार्फत रु ३४ लाख लगानीमा तीनकोठे र ६० लाख लगानीमा चारकोठे थप भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक दुतबहादुर गर्बुजाले जानकारी दिए ।

प्रवासी बेगखोलावासीको नेतृत्वमा आर्थिक सङ्कलन गरेर र सरकारी तवरबाट समेत गरी कक्षाकोठा भवन निर्माण सम्पन्न भएपछि विद्यालयको नियमित पठनपाठनसमेत सहज भएको प्रअ गर्बुजाले बताए । यस विद्यालयले कक्षा ४ देखि नै कम्प्युटर विषयको समेत पठनपाठन गराउँदै आएको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका लागि विदेश र स्वदेशका विभिन्न ठाउँमा पुगेका बेगखोलावासीले आफ्नो गाउँको शिक्षा, सडक, खेलकुद क्षेत्रको विकासका लागि सहयोग भित्र्याउँदै आएका छन् ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?